- संगालोखबर सम्वाददाता

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-७ स्थित दोखुमा आइतबार खुकुरी प्रहार गरी एक युवककाे हत्या भएको छ। फुरुम्बु-१ घर भई हाल फुङलिङ नगरपालिका-४ मा डेरा गरी बस्ने २५ बर्षीय टाइगर भनिने सुवाहाङ लिम्बुको हत्या भएकाे हाे ।

Advertisement

लिम्बुलाई फुङलिङ नगरपालिका-१० बस्ने अन्दाजी १८ बर्षिय सुमन फुरुम्बु सहित ३/४ जनाको समुहले बेलुका करिव ८ बजे खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट टाउको र पेटमा चोट लागेका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा राती करिव साँढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुगेकाे प्रहरी टोलीले खुकुरी प्रहार गर्ने सुमन फुरुम्बुलाई नियन्त्रणमा लिएको छ । अन्य फरार रहेकाहरुकाे खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!