बर्दिया। बर्दियामा आँधीहुरीबाट ११ जना घाइते भएका छन् भने करिब ३ सय भन्दा बढी घरमा क्षति पुगेको छ ।

Advertisement

आज बिहान एक्कासि आएको आँधीहुरीका कारण गुलरिया नगरपालिका–९ को खालेपुरुहवामा आठ व्यक्ति घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यहाँ २५० भन्दा बढी घरहरु क्षति भएका छन् ।

यसैगरी वडा नं १० को कालाबन्जार गाउँमा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १३ वर्षीय बालक अजित चमारको टाउकामा गम्भीर चोट लागेको राष्ट्रिय जनता पार्टी नेपालका जिल्ला संयोजक धनेश कुमार यादवले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!