पाँच दिनदेखि बेपत्ता कार्की तमोर नदी किनारमा मृत भेटिए
धनकुटा। पाँच दिन देखि बेपत्ता भएका धनकुटा नगरपालिका–९ मुलघाटका लोकबहादुर कार्की सोमवार मृत अवस्थामा भेटिएका छन । साँझ करिव ५ बजे साँघुरीगढी गाउँपालिका–७ स्थित तमोर नदी किनारमा कार्कीको शव फेला परेको हो ।
कुहिन लागेको अवस्थामा नदि किनारमा कार्कीको शव भेटिएको धनकुटाका प्रहरी नायव निरीक्षक यदुकुमार कार्कीले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा अस्पताल ल्याईएको छ ।
कार्की बेपत्ता भ...
