गोमा ढुंगाना/संगालोखबर

धनकुटा। पाँच दिन देखि बेपत्ता भएका धनकुटा नगरपालिका–९ मुलघाटका लोकबहादुर कार्की सोमवार मृत अवस्थामा भेटिएका छन । साँझ करिव ५ बजे साँघुरीगढी गाउँपालिका–७ स्थित तमोर नदी किनारमा कार्कीको शव फेला परेको हो ।

Advertisement

कुहिन लागेको अवस्थामा नदि किनारमा कार्कीको शव भेटिएको धनकुटाका प्रहरी नायव निरीक्षक यदुकुमार कार्कीले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा अस्पताल ल्याईएको छ ।

कार्की बेपत्ता भएपछि उनका अफन्तले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी पश्चात प्रहरीले हुलियासहित खोजी गरिरहेका वेला नदी किनारमा उनको शव फेला परेको हो ।

यो पनि पढ्नुहोस् >>>

धनकुटामा वेवारिसे शव भेटियो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!