पाँचथर। याङ्वरक गाउँपालिका–९ मुडेमा चट्याङ लागेर आज अपराह्न बलबहादुर तावाको मृत्यु भएको छ ।
स्थानीयवासी नन्दकुमार तावाका घरमा परेको चट्याङबाट उनका छोरा बलबहादुर गम्भीर घाइते भएकामा उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।