- गोमा ढुंगाना/संगालोखबर

धनकुटा। धनकुटा नगरपालिका–२ भीरगाउँमा सोमवार (अाज) वेवारिसे शव फेला परेको छ । मंगोलियन अनुहारका करिव ३५ बर्षीय पुरुषको वेवारिसे शव भेटिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।

Advertisement

अपरिचित उक्त ब्यक्ती केही दिन अघि सोही क्षेत्रमा घुमफिर गर्दै आएको स्थानीयबासीले जनाएका छन । स्थानीय पहिरे खोल्सीमा मृत अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।

मृतकको शवलाई सोमवार नै धनकुटा अस्पतालमा पोष्टमार्टम गरिएको छ । शवको पहिचान हुन नसकेकाले मृतकका आफन्त आउँछन कि भनेर केही दिन शव राखिने धनकुटाका प्रहरी नायव निरीक्षक यदुकुमार खड्काले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!