बास बस्न पाइँदैन देवघाटमा
रत्ननगर, २६ पुस । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजन स्नान गरेर मात्रै फर्कनु गर्नुपर्ने बाध्यता छ । देवघाटमा लाग्ने मेला तथा महोत्सवमा भक्तजनको चाप वृद्धि हुँदै गए पनि उचित बासस्थानको व्यवस्था नहुँदा स्वदेशी तथा विदेशी पर्यटक स्नान गरेर मात्रै फर्किने गरेका हुन् ।
नयाँ वर्ष, बोलबम मेला, जनैपूर्णिमा, ठूलो एकादशी, बाला चतुर्दशी, शिवरात्रिलगायतमा यहाँ मेला लाग्छ । माघे सङ्क्रान...































