मिलमा बेरिएर महिलाको मृत्यु

मिलमा बेरिएर महिलाको मृत्यु

राँझा, २६ फागुन । बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिनुभयो । शनिबार साँझ धान कुटाउने मिलको धुरामा उहाँले ओडेको सल बेरिएपछि ...
सुर्तीजन्य वस्तुको प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम

सुर्तीजन्य वस्तुको प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम

काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तु प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम गर्ने भएको छ । पछिल्लो समय सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभई क्रमशः रोक लगाउँदै जाने काठमाडौँ महानगरपालिकाको भनाइ छ । स्वस्थ शहर कार्यक्रम सञ्चालन गर्ने विश्वका ५० शहरमध्ये काठमाडौँ महानगर ...
भालेकानोमाथि बार्सिलोनाको सहज जित

भालेकानोमाथि बार्सिलोनाको सहज जित

काठमाडाैं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाको घरेलु मैदान ‘क्याम्प नोउ’मा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ ले पराजित गरेको हो । बार्सिलाेलाई जिन दिलाउनका लागि जेरार्ड पिके, कप्तान लिओनल मेस्सी र स्वारेजले गोल गरे । खेलको २४ औँ मिनेटमा रायोका गोमेजले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । तर, ३८ औँ मिनेटमा पिकेले गोल गर्दै खेललाई बराबर...
१०५ केजी चरेससहित तीन पक्राउ

१०५ केजी चरेससहित तीन पक्राउ

धादिङ, २६ फागुन । धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालि...
१४ करोडका कारगेड बाइक किन्दै सरकार

१४ करोडका कारगेड बाइक किन्दै सरकार

काठमाडौं । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो । त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् । राष्ट...
अशोक र एआरले जिते दर्शकको मन

अशोक र एआरले जिते दर्शकको मन

बाजुरा, २६ फागुन । उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतिले दर्शकको मन जित्न अशोक र एआर सफल बनेका छन् । हेर्दा दाजुभाइजस्तै लाग्ने अशोक र एआरले प्रस्तुति दिँदा, गाउँदा नाच्दा उस्तैउस्तै योग्यता र परिपक्वता देखिएको थियो । परिचयबाट मञ्च सम्हालेका उनीहरूले आमाभन्दा राम्री...
सिन्धुपाल्चोकमा प्याराग्लाइडिङ

सिन्धुपाल्चोकमा प्याराग्लाइडिङ

मेलम्ची, २६ फागुन २५ । चौतारा साँगाचोकगगढी नगरपालिका–९, लामाचौरमा साहसिक र रोमाञ्चकारी खेल प्याराग्लाइडिङ शुरु भएको छ । स्थानीयवासीको सक्रियतामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सदरमुकाम नजिकैबाट प्याराग्लाइडिङ सञ्चालन गरिएको हो । साविक कदमबास गाविस, लामाचौरका स्थानीयवासीको सक्रियतामा लामाचौर प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ...
आर्मी फाइनलमा झापा ११ सँग प्रतिष्पर्धा गर्ने

आर्मी फाइनलमा झापा ११ सँग प्रतिष्पर्धा गर्ने

झापा, २५ फागुन । विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबको एक मात्र आत्मघाती गोलको उपहारसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब आर्मीले उपाधिका लागि आगामी सोमबार आयोजक झापा ११ सँग प्रतिष्पर्धा गर्ने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा दाउफिन्सलाई १—० गोल अन्तरले ...
भारतको झारखण्डमा कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु

भारतको झारखण्डमा कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु

नयाँ दिल्ली, २५ फागुन । भारतको झारखण्डमा कार र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रहेको रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । मालबाहक ट्रकसँग ठोक्किएको कारमा रहेकाहरु एकै परिवारका रहेको बताइएको छ । मृत्यु भएका दश जनामध्ये तीन जना महिला र दुई जना बालबालिका पनि रहेका छन् । पारि...
अपहरणका मुख्य योजनाकार पक्राउ

अपहरणका मुख्य योजनाकार पक्राउ

पर्सा, २५ फागुन । नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । विसं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुल...
नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

काठमाडौँ, २५ फागुन । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ््घबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । एन्फाले आज विज्ञप्ति जारी गरी नेपाल र मलेसियाबीच आगामी चैत १२ गतेका...
उदयपुरमा टिपरको ठक्करबाट मृत्यु

उदयपुरमा टिपरको ठक्करबाट मृत्यु

गाईघाट, २५ फागुन । उदयपुर गढी गाउँपालिकाको मदनभण्डारी लोकमार्ग खण्डको नेपालटारमा आज बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल चालक मगरकै छोरा सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदनभण्डारी लोकमार्ग अन्तर्गत सडक नि...
अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु

स्याङ्जा, २५ फागुन । वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु भएको छ । वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्वभरि परिचित गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी गराउनुभयो । आज बिहान वालिङ–९ सुर्काउदीमा नगरप्रमुख दिलीपप्र...
अलैँचीको मूल्यमा निरन्तर ह्रास

अलैँचीको मूल्यमा निरन्तर ह्रास

फिदिम, २५ फागुन । अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् । अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने भन्नेमा किसान अन्योलमा परेका छन् । “मनको रु ३० देखि ४...
सुनसरी दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

सुनसरी दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

इनरुवा, २४ फागुन । सुनसरीको कोशी गाउँपालिका–८ नेहरु पार्कमा आज गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ७११६ नम्बरको हायसले ठक्कर दिएको थियो । हायसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार सप्तरी सप्तकोशी नगरपालिका–३ फत्तेपुरका ६० वर्षीय अम्...
टिपरको ठक्करले बालकको मृत्यु

टिपरको ठक्करले बालकको मृत्यु

कञ्चनपुर, २४ फागुन । भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ । म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिपरसहित चालक बेदकोट नगरपालिका–५ का २८ वर्षीय राजेश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।
यस्तो छ, एघार बुँदे सहमति

यस्तो छ, एघार बुँदे सहमति

काठमाडौँ, २४ फागुन । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज भएको ११ बुँदे सहमतिमा संविधानमा जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेशलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गरिने उल्लेख छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र...
भोजपुरमा हतियार र रातो हाब्रेको छाला बरामद

भोजपुरमा हतियार र रातो हाब्रेको छाला बरामद

भोजपुर, २४ फागुन । जिल्ला प्रहरी कार्यालयले विभिन्न वन्यजन्तुको छाला, अङ्ग र अवैध हातहतियार बरामद गरेको छ । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु रुमलाका निरकुमार भुजेलको घरमा छापा मार्दा हतियारसहित दुर्लभ वन्यजन्तुको छाला फेला पारेको हो । प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार छापा मार्ने क्रममा भरुवा बन्दुक दुई थान, हाब्रेको छाला एक थान, भालुको छाला र पञ्जा एक/एक थान, निगाले बाघको छाला एक...
सरकार–सिके सहमतिः प्रमद्वारा हिंसाको बर्काे फाल्न आग्रह (फोटो फिचर  सहित )

सरकार–सिके सहमतिः प्रमद्वारा हिंसाको बर्काे फाल्न आग्रह (फोटो फिचर सहित )

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताउनुभएको छ । नेपाल सरकार सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिए...
फिल्म यात्राको ‘चट्ट रुमाल’ लाई गालीको बर्षा

फिल्म यात्राको ‘चट्ट रुमाल’ लाई गालीको बर्षा

काठमाडौँ । पछिल्लो समय नेपालमा पुरानो गीतहरुलाई रिमेक गरी फिल्ममा समाबेस गर्दै आएको छ । फिल्म ‘वीरविक्रम २’ ले ‘पिरतीको मिठो तिर्सना’ भन्ने पुराना गीत समाबेस गरेको हो भने यस्तै फिल्म ‘यात्रा’ ले पनि ‘चट्ट रुमाल’ गीत समाबेस गरेको छ । ‘वीरविक्रम २ ‘ को गीतलाई दर्शकले रुचाइएको छ । तर ‘चट्ट रुमाल’ ले भने गाली पाएको छ । रिमेक गरिएका यो गीतमा धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यो गीतलाई...
एघार होटल तथा रेष्टुराँ स्तरीकरण

एघार होटल तथा रेष्टुराँ स्तरीकरण

गलकोट, २४ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बागलुङले दोस्रोपटक जिल्ला सदरमुकाम बागलुङ बजारका ११ होटल तथा रेष्टुराँको स्तरीकरण गरेको छ । “होटल तथा रेष्टुराँ स्तरीकरण निर्देशिका, २०७४’ बमोजिम कार्यालयले होटल तथा रेष्टुराँको स्तरीकरणलाई तीव्रता दिएको हो । दोस्रो चरणमा ११ होटल तथा रेष्टुराँलाई स्तरीकरण गरेको गुण नियन्त्रण कार्यालयले जनाएको छ । सदरमुकामको होटल रेड एप्पल, हट क...
स्वाभिमानयात्रा सरकार विरुद्ध होइनः कमल थापा

स्वाभिमानयात्रा सरकार विरुद्ध होइनः कमल थापा

राँझा, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभइ हिन्दू राष्ट्रको पुनःस्थापना,राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिन गरिएको बताउनुभएको छ । यात्राको लागि सुदूरपश्चिम प्रदेश जाने क्रममा आज बाँकेको कोहलपुरमा आयोजित सभामा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज...
विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै सरकार

विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै सरकार

काठमाडौँ, २४ फागुन । सरकारले आर्थिक वर्ष २०८०/८१ सम्म विद्युतीय सवारीसाधनको संवद्र्धनलाई अभियानात्मक रूपमा अगाडि बढाउने लक्ष्यका साथ जलविद्युत् क्षेत्रको नीति तय गरेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्म विद्युत्बाट सञ्चालित सवारीसाधनको प्रवद्र्धन गर्ने र आवश्यक महसुलसमेत तय गरी शहरी क्षेत्रमा विद्युतीय सवारीसाधन सञ्चालन गरिने उल्लेख छ । पेट्रोलियम पद...
दक्षिण कोरियामा सात मन्त्री फेरबदल

दक्षिण कोरियामा सात मन्त्री फेरबदल

सियोल, २४ फागुन । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले सात जना मन्त्री फेरबदल गर्नु भएको छ । उहाँले शुक्रबार सात जना नयाँ मन्त्री नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ । अन्तर–कोरिया सम्बन्धलाई मध्यनजर गरेर उहाँले आफ्नो ५ बर्षे कार्यकालको मध्यतिर मन्त्रीहरु फेरबदल गर्नु भएको हो । सन् २०१७ को मे देखि सुरु भएको आफ्नो कार्यकाल अन्तर्गत अहिले नै सबैभन्दा धेरै फेरबदल भएक...
भारतमा लडाकू जेट विमान दुर्घटना

भारतमा लडाकू जेट विमान दुर्घटना

नयाँ दिल्ली, २४ फागुन । भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेक...
बालविवाह रोक्न सम्झाउँछन् विद्यार्थी

बालविवाह रोक्न सम्झाउँछन् विद्यार्थी

जाजरकोट, २४ फागुन । भेरी नगरपालिका– ९ स्थित दीपेन्द्र माध्यमिक विद्यालय कक्षा ९ मा पढ्ने सुमित्रा चन्द आजभोलि बुबाआमालाई बालविवाहबाट हुने बेफाइदाका विषयमा विद्यालयमा सिकेका कुरा सम्झाउनुहुन्छ । छोरीका कुरा सुनेर पहिलेपहिले ध्यान नदिने अभिभावक आजभोलि छोरीको कुरालाई ध्यान दिएर सुन्ने मात्र होइन, सुनेको कुरा गाउँमा गएर बालविवाहबाट हुनेबेफाइदाका विषयमा खुलेरै छलफल गर्दै समाज जागरण अभियानमा लाग्नुभए...
‘पहिले कौतुहल, अनि डर र पछि मजा ’

‘पहिले कौतुहल, अनि डर र पछि मजा ’

काठमाडौँ, २४ फागुन । ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । काठमाडौँ उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि नियमित प्याराग्लाइडिङ हुन थालेपछि पर्यटकको आकर्षण बढेको छ । अहिले सो क्षेत्रमा दैनिकजसो नै ग्लाइडर उड्न थालेको काठमाडौँ प्याराग्लाइडिङ एण्ड ह्याण्ड ग्लाइडिङ प...
सुन्तलाबाट सम्पन्नतातिर स्याङ्जालीहरु

सुन्तलाबाट सम्पन्नतातिर स्याङ्जालीहरु

वालिङ, फागुन २४ ।  सुन्तला खेतीलाई प्रमुख आम्दानीको स्रोतका रुपमा विकास गर्ने लहर स्याङ्जाली किसानहरुमा बढ्दै गएको छ । स्याङ्जा जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तला खेतीलाई विस्तार गरी व्यावसायीकरण गर्न थालिएको छ । पाखो, भिरालो जमीन तथा बारीहरुमा अन्य रुख बुट्यानहरुलाई फँडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमीनहरुलाई सदुप...
अर्को महीना तयार हुँदै सुक्खा बन्दरगाह

अर्को महीना तयार हुँदै सुक्खा बन्दरगाह

मेलम्ची, २४ फागुन । सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महीनाभित्र तयार हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन् । अप्रिल महीनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्नेछ । करीब ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईतले भवन निर्माण...
सिके राउत र सरकारबीच ११ बुँदे सहमति

सिके राउत र सरकारबीच ११ बुँदे सहमति

काठमाडौँ, २४ फागुन । स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएसँगै सिके राउत नेतृत्वको समूह खुला राजनीतिमा आएको छ । आज काठमाडौँमा भएको घोषणा सभामा सरकार र गठबन्धनबीचको सहमति पढेर सुनाइएको थियो । जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ । त्यस्तै सरकारले स्वतन्त्र मधेस गठबन्धन...
महिला आरक्षण र समानताको नीति राज्यले अवलम्बन गर्नुपर्छ : राष्ट्रपति

महिला आरक्षण र समानताको नीति राज्यले अवलम्बन गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्ती...
error: Content is protected !!