नैरोबी, २६ फागुन । इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ ।आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ ।

Advertisement

इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ ।“दुर्घटनामा परेका मानिसहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दछु” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गर्नुभएको छ ।

एयरलाइन्सले खोजी तथा उद्धार कार्यलाई तिव्ररुपमा अगाडी बढाइएको र दुर्घटनामा परेकाहरु जिवितै रहने संभावना कम रहेको पनि जनाएको छ ।

बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार विहान ८.३८ मा विमान उडेको थियो । उडेको छ मिनेटपछि विशोफ्टुनजिकै पुगेपछि विमान सम्पर्क विहिन भएको थियो ।

अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!