काठमाडौँ, २६ फागुन । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द गरिएको छ ।

Advertisement

शुक्रबार घरमै पार्क गरी राखिएको कारमा बम विस्फोट गराइएको घटनाको भत्र्सना गर्दै ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको हो । गत शुक्रबार राति गुरुङको घरमा विस्फोट हुँदा वरपरका घरमा समेत क्षति पुगेको थियो । यता, घटनाको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ ।

मानव तस्करीलाई पश्रय दिएको भन्दै गुरुङको घरमा विस्फोट गराइएको नेकपाले जनाएको छ । नेकपाले आर्थिक सहयोगका लागि गरेको आग्रहलाई नमान्दा विस्फोट गराइएको गुरुङको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!