खस्यौली, २७ फागनु । रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

Advertisement

स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा प्रहार भएको तथा उपचारका लागि देवदह मेडिकल कलेज लगेपछि मृत घोषणा गरिएको थियो । सो घटनामा संलग्न भएको आशङ्कामा केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ मल्लले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!