‘वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ’: देउवा

‘वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ’: देउवा

पोखरा, २८ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताउनुभयो । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाउनुभयो । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवा...
नोबेलका बिद्यार्थीको खेलकुद उत्सव सम्पन्न (भिडियोसहित)

नोबेलका बिद्यार्थीको खेलकुद उत्सव सम्पन्न (भिडियोसहित)

विराटनगर, २८ फागुन । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले हरेक बर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसबर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो । फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत करिव २० वटा प्रतियोगिता भएको आयोजकले जनाएको छ । जसमध्ये पुरुष फुटबल तर्फ एमवीवीएस ...
१२ वर्ष नपुग्दै आमा बनेकी बालिकाको अवस्था नाजुक

१२ वर्ष नपुग्दै आमा बनेकी बालिकाको अवस्था नाजुक

बुटवल, २८ फागुन । ‘म सुत्केरी भएको थाह पाउन साथ बाबा रिसाएर घर छाड्नु भयो । जम्मा डेढ कठ्ठा जमिन छ । खान पुग्दैन, सधै किनेर खाने हो । आमा संग पैसा छैन । लेवर काम गर्न जानु हुन्थ्यो । काँखमा एक बर्ष नपुगेकी बहिनी छ । मलाई ज्वरो आउने, रिङ्गाटा लाग्ने र सुनिने विरामले थला परेकी छु’– बर्दियामा १२ बर्ष उमेर नपुग्दै र बिवाह नहुँदै माईती मै सुत्केरी भएकी सविता नाम परिवर्तनले भनिन–‘मैले स्यार सुसार पाईन...
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

काठमाडौँ, २८ फागुन । चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ । आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति मृत अवस्थामा निकाल्न सकिएको हो । आइतबार इनारको रिङ हाल्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका माझीको सोमबार रातिमात्र मृत अवस्थामा उद्दार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प...
प्रदेश १ को नाममा ‘किरात’ जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

प्रदेश १ को नाममा ‘किरात’ जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

विराटनगर, २८ फागुन । प्रदेश १ को नामकरण गर्दा ‘किरात’ पहिचान जोड्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले ‘विवाद नहुने उपाय खोज्न’ निर्देशन दिएपछि मुख्यमन्त्री राईले नाम र राजधानीबारे संसदीय दलमा गृहकार्य थालेका छन्। प्रदेश संसद्को जारी हिउँदे अधिवेशनबाट नाम र राजधानीको मुद्दा टुंग्याउने तयारीमा रहेको प्रदेश सरकार सुरुदेखि नै यी...
जिनेदिन जिदान रियल मड्रिडकाे प्रशिक्षकमा पुनः नियुक्त

जिनेदिन जिदान रियल मड्रिडकाे प्रशिक्षकमा पुनः नियुक्त

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडले जिनेदिन जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ । रियल मड्रिडले सान्टियागो सोलारीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिदानलाई क्लबमा भित्र्याएको हो । पूर्व जिम्मेवारीमा फर्किएका जिदानले घर फर्किदा खुशी भएको प्रतिक्रिया दिएका छन । सोमबार बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिदानलाई सन् २०२२ जुनसम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो । क्...
पाँचौँ साफ महिला च्याम्पियनसिप आजबाट विराटनगरमा सुरु हुँदै

पाँचौँ साफ महिला च्याम्पियनसिप आजबाट विराटनगरमा सुरु हुँदै

काठमाडौं, २८ फागुन । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु हुँदै छ । दक्षिण एसियाली राष्ट्रका महिला फुटबल टाेलीबीचको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेकाे पाँचाै साफ महिला च्याम्पियनसिप सुरु हुन लागेकाे हाे । याे खेल नेपालमा पहिलोपटक काठमाडौं भन्दा बाहिर विराटनगरमा हुँदै छ । सार्कका आठ मुलुकमध्ये याे प्रतियोगितामा भने नेपालसहित ६ देशले मात्र सहभागिता जनाएका छ...
पुख्र्यौली आरन चलाउने  सीपको व्यावसायीकरण

पुख्र्यौली आरन चलाउने सीपको व्यावसायीकरण

बागलुङ, २८ फागुन । पुख्र्यौली आरन चलाउने सीपलाई कालिगड मनबहादुर सिर्पालीले व्यावसायिक बनाउनुभएको छ । ढोरपाटन नगरपालिका–२ का ३९ वर्षीय सिर्पालीले आरन पेशाबाट मासिक रु एक लाख बढी कमाउनुहुन्छ । सात वर्षअघि सिर्पालीले खोलेको ‘बुर्तिबाङ आरन व्यवसाय सेवा’ मा छ कालिगडले रोजगारी पाएका छन् । पुख्र्यौली पेशालाई उद्यमको रूपमा विकास गर्ने लक्ष्य रहेको सिर्पाली बताउनुहुन्छ । “नयाँपुस्ताले आरन पेशा अँगाल्न छ...
ओखलढुंगामा बिस्कुट दिलाउने भन्दै शिक्षकले नै शिशु कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाए

ओखलढुंगामा बिस्कुट दिलाउने भन्दै शिक्षकले नै शिशु कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाए

ओखलढुंगा । ओखलढुंगाको जिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन्। अर्को बालकले खाइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन्। आइतबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो। शिक...
स्वतन्त्र मधेसको मुद्दा राष्ट्र संघसम्म पुर्‍याउन सक्ने आधार भेटियो,अन्तर्राष्ट्रिय मान्यताको खोजीमा राउत समूह

स्वतन्त्र मधेसको मुद्दा राष्ट्र संघसम्म पुर्‍याउन सक्ने आधार भेटियो,अन्तर्राष्ट्रिय मान्यताको खोजीमा राउत समूह

काठमाडौं । सिके राउतले स्वतन्त्र मधेसका लागि जनमत संग्रहको मुद्दा संयुक्त राष्ट्र संघसम्म पुर्‍याउन सक्ने आधार भेटिएको छ । राउत समूहले अन्तर्राष्ट्रिय मान्यताको खोजी थालिसकेको यूएनपीओको सदस्यताले देखाएको छ । मधेसको स्टाटसमा ताइवान, तिब्बत र क्याटालोनियाको जस्तै उल्लेख गराएर सिके राउतले मधेसलाई यूएनपीओमा दर्ता गराएको भेटिएको छ । मधेस २६ औं सदस्यका रुपमा दर्ता समेत भएको छ । मधेसलाई नेपालको औपनिव...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बेत्रावती, २८ फागुन । नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्र...
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

सल्यान, २८ फागुन । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो । दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्र्याक्टर...
धनकुटामा जापान सरकारले अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराउने

धनकुटामा जापान सरकारले अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराउने

धनकुटा, २८ फागुन । जापान सरकारले जिल्ला अस्पताल धनकुटामा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराउने भएको छ । जापान सरकारले अस्पतालको आकस्मिक कक्ष, सल्यक्रिया र अन्तरंग विभागमा सोझौ अक्सिजन पुर्याउन सकिने ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान गराउने भएको हो । ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान सम्बन्धि संझौतामा हिजो जापानी राजद...
झापा गोल्डकपको उपाधि आर्मीलाई

झापा गोल्डकपको उपाधि आर्मीलाई

भद्रपुर, २८ फागुन । झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले विजयी भएसँगै नगद रु १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । चौथो झापा गोल्डकपको हिजो सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । यही फागुन १८ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सम्पन्न खेलमा उपविजेता बनेको झापाले नगद रु छ लाख पाँच हजारमा चित्त बुझाउनुपर्याे । आर्मीले जी...
झापाको कचनकवल–२ पाठामारीमा आगलागीबाट छजना घाइते

झापाको कचनकवल–२ पाठामारीमा आगलागीबाट छजना घाइते

भद्रपुर, २८ फागुन । झापाको कचनकवल–२ पाठामारीमा हिजो साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छजना जलेर घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष यादव, ८ वर्षीया नियाकुमारी यादव, २९ वर्षीय शिवकुमार यादव र १८ वर्षीया चाँदनी यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन...
श्रमिक र रोजगारदाताको तनाब अन्त्यका लागि सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

श्रमिक र रोजगारदाताको तनाब अन्त्यका लागि सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

रुपन्देही, २७ फागुन । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाताको तनाव अन्त्यका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग सङ्घद्वारा आज रुपन्देहीको नयाँ मिलमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले योजनाले रो...
दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ, २७ फागुन । सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा ३३ प्रतिशतले बढी हो । सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ पर्यटकले नेप...
तरकारीको मूल्य निर्धारण नहुँदा उपभोक्ता मारमा

तरकारीको मूल्य निर्धारण नहुँदा उपभोक्ता मारमा

सिरहा, २७ फागुन । तरकारीको बिक्री मूल्य निर्धारण गर्ने निकाय नहुँदा यहाँको बजारमा चर्को मूल्यमा उपभोक्ता तरकारी किन्न बाध्य छन् । व्यापारीले तरकारीको मूल्य आफैँ निर्धारण गरी बिक्री गर्दै आएकाले उपभोक्ता चर्को मूल्यमा तरकारी किन्न बाध्य भएका हुन् । मूल्य निर्धारण निकाय नहुँदा तरकारीको बजारअनुसार एकरुपता छैन । एकदेखि अर्को बजारमा मूल्य फरक पर्दा उपभोक्ताहरु तरकारी चर्को मूल्यमा खरीद गर्न बाध्य छन...
पार्कर खेलाडी सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्दै

पार्कर खेलाडी सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्दै

काठमाडौँ, २७ फागुन । पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक (ह्याट्रिक) वल्र्ड रेकर्ड राख्ने तयारी गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलब...
सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामा जनमतसङ्ग्रह हुन सक्दैन : प्रधानमन्त्री

सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामा जनमतसङ्ग्रह हुन सक्दैन : प्रधानमन्त्री

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हुनु मुलुकको शान्तिसुरक्षामा महत्वपूर्ण र सकारात्मक उपलब्धि हो भन्नुभयो । सरकार र मधेशमा विभिन्न मा...
एक्काइस वर्ष पुरानो दमकलको भरमा महानगर

एक्काइस वर्ष पुरानो दमकलको भरमा महानगर

भरतपुर, २७ फागुन । भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन् । महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएर काम नलाग्ने अवस्थामा छ । एक्काइस वर्ष पुरानो चार हजार लिटर क्षमताको दमकलको भरमा आगलागी नियन्त्रण गर्न दौडाउनुपर्छ । तत्कालीन भरतपुर नगरपालिकाले विसं २०५४ मा किनेको भारतीय कम्पनीको द...
भारतको बिहारमा बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत

भारतको बिहारमा बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत

छप्रा, बिहार, २७ फागुन । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । छोरीका बाबु त्रिभुवन साहले भन्नुभयो, “बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए,...
आमा ! म छाउघर जानै पन्र्या हो ?

आमा ! म छाउघर जानै पन्र्या हो ?

वीरेन्द्रनगर, २७ फागुन । पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा ! म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’ पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न आतुर देखिन...
डोजरमा आगजनी

डोजरमा आगजनी

कञ्चनपुर, २७ फागुन । कृष्णपुर नगरपालिका–५ गुलरीस्थित महाकाली गौरव विल्र्डसको क्रसर उद्योगको जेसिभीमा अज्ञात समूहले आज बिहान आगजनी गरेको छ । क्रसर उद्योगमा राखिएको रु ४५ लाख मूल्य पर्ने से१क २५८ नम्बरको जेसिभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार पेट्रोल छर्केर जेसिभीमा आगजनी गरिएको छ । घटनास्थलबाट प्रहरीले क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको, मजदूरको श्रम शोषण गरेको र इ...
भोजपुरमा घरमै थन्कियो ‘किसानको अलैँची’

भोजपुरमा घरमै थन्कियो ‘किसानको अलैँची’

भोजपुर, २७ फागुन । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन रु २० देखि २५ हजारमा अलैँची माग्ने गरेकाले आफूले अहिलेसम्म पनि अलैँची बिक्री नगरेक...
वल्र्डलिङ्कले १० हजार स्थानमा  निःशुल्क इन्टरनेट सेवा दिने

वल्र्डलिङ्कले १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौँ, २७ फागुन । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराउनुभयो । वल्र्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गर...
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन : अध्यक्ष प्रचण्ड

सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन : अध्यक्ष प्रचण्ड

पोखरा, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो । पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा...
सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

जनकपुरधाम, २७ फागुन । मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमा...
जहाँ हवाईजहाज चढाएमा विदेश जाने भिसा पाइन्छ

जहाँ हवाईजहाज चढाएमा विदेश जाने भिसा पाइन्छ

एजेन्सी । विदेश भ्रमण गर्न सम्बन्धित देशको भिसा चाहिन्छ । अमेरिका, युरोप तथा अष्ट्रेलिया जस्ता देशको भिसा पाउन नेपालीहरुले निकै पापड बेल्नुपर्दछ । नेपाली मात्र होइन आम भारतीयहरुलाई समेत पश्चिमा देशमा भिसा पाउन सजिलो छैन । भिसाका लागि आवेदन गरेपछि भिसा आउने नआउने द्विविधाको अवस्थामा मान्छेले भगवानको नाम निकै पुकार्छ । भगवान पुकार्ने मान्छेहरु निकै धेरै भएकैले होला भारतमा भिसाको लागि भगवानको पुजा...
घाइते कटुवाललाई आर्थिक सहयोग

घाइते कटुवाललाई आर्थिक सहयोग

काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरमा एम्बुसमा परी घाइते हुनुभएका मीरा कटुवाललाई रु एक लाख आर्थिक सहयोग गरिएको छ । नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम आज काङ्ग्रेसका नेता प्रकाशमान सिंहले कटुवाललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नेता सिंहले संविधानप्रदत्त प्रजातान्त्रिक अभ्यासअनुसार निर्वाचन हुँदै गर्दा कटुवालसहित काङ्ग्रेसका न...
विद्युत् चुहावट गर्नेबाट रु चार करोड असुली

विद्युत् चुहावट गर्नेबाट रु चार करोड असुली

पर्सा, २७ फागुन । नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट रु चार करोडभन्दा बढी रकम असुल गरेको छ । मिटर तथा कनेक्सनमा गडबढी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकहरुलाई कारवाही स्वरुप केन्द्रले सो रकम असुल गरेको हो । वीरगञ्ज–पथलैया औद्यागिक करिडोरमा रहेका ४५ ठूला ग्राहकलाई कारवाही गरी चालू आवको पहिलो सात महीनामा रु चार कारोड १३ ला...
error: Content is protected !!