संगालोखबर सम्वाददाता

धनकुटा, २६ फागुन । धनकुटाको चौबिसे गाउँपालिका–३ कन्यापोखरीमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भेडेटारबाट राजारानी तर्फ जाँदै गरेको को.१.त ५७६५ नम्बरको ट्याक्टर राती करिव साँढे ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

ट्याक्टर पल्टिँदा चालक सोहि स्थानका ३० बर्षीय मोहन सिंह तामाङको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । दुर्घटनामा चालक तामाङ गंभीर घाईते भएका थिए ।

घाईतेलाई धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान तत्काल पठाईएको भएपनि उपचारकै क्रममा राती करिव १ बजे उनको निधन भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले बताए ।

उनका अनुसार भेडेटार राजारानी भित्री सडक खण्डमा पर्ने कन्यापोखरीमा अनियन्त्रित भई ट्याक्टर भीरबाट करिव २ सय मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!