युवा निर्देशक दीवाकर भट्टराई र अभिनेत्रीमा अहिलेकी ‘हटकेक’ दीपिका प्रसाइँले आउँदो बैशाखमा लगनगाँठो कस्ने भएका छन् । इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरु अब हिन्दू परम्परा अनुसार अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै जीवन विताउने कसम खाँदैछन् । बैशाखमा उनीहरु औपचारिक रुपमा श्रीमान्-श्रीमती बन्ने लागेको खबर बाहिरिएको छ ।

Advertisement

 आउँदो बैशाख २४ गते दीवाकरले दीपिकाको सिउँदो आफ्नो नामको सिन्दुरले भर्दैछन् । तर, विवाहको मिति पक्का भने नभइसकेको दीवाकरले बताए । ‘भोली बुबा आउँदै हुनुहुन्छ । भोली वा पर्सीसम्ममा डेट फिक्स हुन्छ’, उनले अगाडि भने- ‘तयारी चाहिँ बैशाख दोस्रो साताकै भइरहेको छ । पर्सीसम्ममा विवाहको मिति तय हुन्छ ।’

दीपिकाले दीवाकर निर्देशित फिल्म ‘ऐश्वर्य’ बाट डेब्यू गरेकी थिइन् । यही फिल्मको सेटबाट उनीहरुको प्रेम अंकुराएकोे थियो । फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले गोप्य रुपमा इन्गेजमेन्ट र कानुनी विवाह गरेका थिए । ‘ऐश्वर्य’ रिलिजपछि यी दुईको सम्बन्धलाई लिएर सिनेवृतमा चर्चा सुरु हुन थालिसकेको थियो । तर, दुबैले यो कुरा लामो समयसम्म लुकाएरै राखे ।

‘ऐश्वर्य’ बाट सुखद डेब्यू गरेकी दीपिकाले दोस्रो फिल्म ‘छक्का पञ्जा ३’ गरिन् । ‘ब्याक टु ब्याक’ दुई हिट फिल्म दिएको खुसीमा उनले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् । दीवाकर र दीपिकाले एकै दिन एकै पटक आ-आफ्नो फेसबुकमार्फत् एकअर्कासँगको प्रेमिल तश्बिर राख्दै प्रेम सम्बन्धको घोषणा गरेका थिए । लगत्तै उनीहरु हनिमुन मनाउन थाइल्याण्ड पनि उडेका थिए ।

निर्देशक दीवाकर निर्देशित फिल्म ‘क्याप्टेन’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । भने, दीपिकाले अहिले कुनै फिल्म साइन गरेको खबर प्राप्त छैन । ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहोराको ‘हेल्लो जिन्दगी’ गर्ने फाइनल भएता पनि बैशाखमा विवाह हुने भएपछि उनले यो फिल्म नगर्ने सम्भावना प्रवल रहेको स्रोत बताउँछ । चाँडै उनी श्रीमान् दीवाकरकै नयाँ फिल्ममा काम गर्दैछिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!