चलचित्र ‘दाल भात तरकारी’को गीत ‘भिजिट भिषामा’ले एक करोड भ्युज पाएको छ । युट्युबमा रिलिज भएको ४५ दिनमा यो गीतको भिडियोले एक करोड दर्शक पाएको हो । गीतको भिडियोमा लाइक गर्नेको संख्या ६८ हजार भन्दा बढी छ भने डिसलाइक गर्नेको संख्या ४ हजार ८ सय छ ।

भिडियोमालाई ५ हजार भन्दा बढी दर्शकले प्रतिक्रिया दिएका छन् । अधिकांश प्रतिक्रिया सकारात्मक छन् । भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य र निरुता सिंहको जोडीलाई दर्शकले खुबै रुचाएका छन् । भिडियोमा वर्षा राउत, आँचल शर्मा र पुष्प खड्काको नृत्यलाई पनि दर्शकले रुचाएका छन् ।

शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतमा हरिवंश आचार्यको शब्द छ । गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । भिडियोलाई कविराज गहतराजले करियोग्राफी गरेका छन् । गीतलाई टिकटकमा पनि अत्याधिक रुचाइएको छ । टिकटकमा पनि यो गीतको भिडियोमा अभिनय गर्नेको संख्या अत्याधिक छ ।

‘मह संचार’को व्यानरमा निर्माण भएको दाल भात तरकारीलाई सुदन केसीले निर्देशन गरेका छन् । किरण केसीको प्रस्तुतीमा तयार भएको यो चलचित्रले बैशाख १३ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!