साँखु, २६ फागुन । प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ ।

Advertisement

बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । प्रायजसो जुवा अखडाबाट पुरुष जुवाडे पक्राउ पर्ने गरेकामा अहिले धनाढ्य परिवारका महिलासमेत पक्राउ परेको र उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान थालिने उहाँको भनाइ थियो ।

नाम नबताउने एक पुरुषले पक्राउ परेकामध्ये सरिता नाम गरेकी महिलाले मिटर ब्याजमा पैसा लगानी गर्दै आएकीमा लेनदेनको कुरा नमिलेपछि पटक/पटक झगडा परिसकेको जानकारी दिए ।सरितालाई चौथोपटक प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अन्य महिला पनि धनाड्य छन् । कर्मा लामा (हेलम्बु) ले गोप्य रुपमा विभिन्न ठाउँमा लामो समयदेखि जुवा अखडा सञ्चालन गर्दै आएको पक्राउपछि खुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी शनिबार नै मूलपानीस्थित एक होटलमा तास खेलिरहेको अर्को समूहलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विशाल श्रेष्ठ, तेजबहादुर तामाङ, राजकुमार काफ्ले, दीपेन्द्र राई, सूर्य सापकोटा, कृष्ण वाईबा र मनोज पन्त छन् । उनीहरुको साथबाट रु पचास हजार २०० बरामद भएको थियो । पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!