संगालोखबर संवाददाता

काठमाडौं । इंग्लिस प्रमियर लिग अन्तर्गत आईतबार भएको खेलमा लिभरपुलले बर्नलीलाई २ का बिरुद्ध ४ गोलले हराएको छ । यो सँगै लिग लिडर म्यानचेष्टर सिटीमाथि दबावलाई निरन्तरता दिन फिल भएको छ । खेलको छैटौं मिनेटमा वेष्टवुडले वार्लिनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रताले धेरै टिक्न पाएन ।

Advertisement

खेलको १९ औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिनोले बराबरी गोल फर्काए । २९ औं मिनेटमा साडिओ मानेले पुन गोल गरे त्यसपछि पहिलो हाफमा लिभरपुल २–१ को अग्रता लिन सफल भयो । खेलको ६७ औं मिनेटमा पुन लिभरपुलले अर्को गोल गर्यो ।

खेलमा फर्कन बर्नलीले इन्जुरी समयमा अर्को गोल गरेको थियो । तर त्यसको केही समयमै लिभरपुलले अर्को गोल थप्यो । यो गोलसँगै लिभरपुलसँग बर्नली ४ २ गोल अन्तरमा पराजित हुन पुगेको थियो । जितसँगै लिभरपुलले ३० खेलबाट ७३ अंक पुर्याएको छ भने ३० नै खेल खेलेको लिग लिडर म्यानचेष्टर सिटीको ७४ अंक पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement