फिक्कल, २६ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गर्नुभयो ।

Advertisement

इलाममा जारी प्रतियोगिताले खेलका अन्य क्षेत्रलाई पनि सहयोग पुगेको बताउँदै उहाँले भन्नुभयो, “आगामी दिनमा १ नम्वर प्रदेशलाई खेलकुदको राजधानी बनाउन सबै पक्षको सहयोग उत्तिकै आवश्यक छ ।” प्रदेश सरकारको आयोजनामा अन्तरराष्ट्रियस्तर मुख्यमन्त्री कप समेत आयोजना गरिने बताउँदै उहाँले स्थानीय स्तरबाट उत्पादन भएका खेलाडीलाई प्राथमिकता दिइने समेत बताउनुभयो ।

आयोजक माईध्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले फुटबल इलामको इतिहास र संस्कार भएको बताउनुभयो । यो प्रतियोगिता गोल्डकपको पाँचौ संस्करण हो । प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement