धनकुटामा ३ सय बेडको शिक्षण अस्पताल विस्तारको तयारी
धनकुटा । कोशी प्रदेश सरकार मातहत सञ्चालनमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटामा ३ सय बेडको स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारेको छ ।
धनकुटा जिल्ला अस्पताललाई विश्वविद्यालयको साझेदारीमा शिक्षण अस्पतालका रूपमा विकास गर्ने विषयमा शनिबार छलफल भएको हो । जिल्ला अस्पतालको स्तर वृद्धि गरी विशेषज्ञ सेवा सञ्चालन गर्ने लक्ष्यका साथ यो प्रक्रिया अगाडि बढाइएको हो ।
मनमोहन प्राविधिक विश्व...
































