पर्वतको महभिर खोलामा क्यानोनिङ शुरु
फलेवास, पर्वत, १ माघ । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर खोलामा शुरु भएको छ ।
जिल्लाकै मनोरम खोला र बाह्रैमास एकै किसिमले सञ्चालन हुने उक्त खोलामा क्यानोनिङ सञ्चालन गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाल...































