काठमाडौं,१८ पुस ।अभिनेता अनमोल केसीको चर्चा दिन प्रतिदिन चुलिदो छ । उनले जुन चलचित्र अभिनय गरेपछि चर्चाको केन्द्र बिन्दुमा रहने गरेको छ ।
यी नै अनमोल अभिनित पछिल्लो चलचित्र ‘कृ’ को ‘यति यति पानी गंगा रानी’ बोलको गीत पनि अहिले हिट भएको छ । गीत सार्वजनिक भएको ४८ घन्टामै १० लाख भन्दा बढी पटक हेरिएको छ । नेपाल युटुब ट्रेन्ड्रिङ तेश्रो नम्बरमा आउन सफल यो गीतमा अनमोलले गरेको नृत्य समेत मनपराइएको छ ।
अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको एक्सन छ ।
सुवास गिरी र भूवन केसीले मिलेर निर्माण गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह–निर्माता छन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । २६ माघ बाट चलचित्र रिलिजमा आउँदैछ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!