काठमाडौं, १० पुस । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘टाइगर जिन्दा हे’ले बलिउड बक्सअफिसमा १ सय करोडको व्यापार गरेको छ। रिलिज भएको तीन दिनमा फिल्मले १ सय १० करोड रुपैयाँ भन्दा बढीको व्यापार गरेको हो।
पहिलो दिन शुक्रबार ३४ करोड र दोस्रो दिन ३६ करोड रुपैयाँको व्यापार गरेको फिल्मले तेस्रो दिन ४२ करोड भन्दा बढीको व्यापार गर्न सफल भयो।
जुन बलिउड बक्स अफिसमा नयाँ रेकर्ड हो। फिल्मले पाएको सकारात्मक प्रतिक्रिया र सोमबार परेको क्रिसमसले गर्दा फिल्मको व्यापारमा वृद्धि हुने अनुमान भारतीय सञ्चार माध्यमहरुले गरेका छन्। सलमान खान र कट्रिना कैफको मुख्य भूमिका रहेको फिल्मलाई अलि अब्बास जफारले निर्देशन गरेका हुन्। ‘यशराज फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा आदित्य चोपडाको लगानी रहेको छ।