अनलाइनखबर

काठमाडौं, २१ पुस । वुधबार आयोजना भएको चलचित्र ‘राज्जा रानी’को प्रिमियरमा यसको खुबै तारिफ भयो । नेपाली चलचित्रको कथावस्तुले मधेसको गम्भिर बिषयलाई उठान गरेको भन्दै धेरैले तारिफ गरे । प्रिमियरमा तारिफ पाएको यो चलचित्र हलमा रिलिज भएको छ ।

Advertisement

आजबाट देशभरका हलमा रिलिज भएको चलचित्रलाई लिएर धेरैको आशा पनि अडिएको छ । विगत २ महिनादेखि नेपाली चलचित्रले राम्रो व्यापार नगरिरहेको समयमा एउटा आशातित चलचित्र रिलिज भएको छ ।

नायिका केकी अधिकारी, नायक नाजिर हुसेन, कलाकार कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको चलचित्रले मधेसको दाइजो प्रथाको कथालाई उठान गरेको छ ।

चलचित्रलाई यम थापाले लेखन तथा निर्देशन गरेका हुन् भने रमेश एम के पौडेल यसका निर्माता हुन् । नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको अभिनयलाई पि्रमियरमा रुचाइएको थियो । हलमा भने यो चलचित्र के होला, आइतबारसम्म प्रतिक्षा गरौ ।

यसैविच, चलचित्रको जनकपुरमा पनि पि्रमियर भएको छ । बिहिबार बेलुकी नायिका केकी अधिकारीलाई बेहुलीको डोलीमा चढाएर प्रिमियरमा सहभागी गराइयो । यो चलचित्र मिथिला क्षेत्रमा भने मैथिली भाषामा रिलिज हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!