वैशाख ७ मा ‘स्वर्ग मेरो गाउँ’
माघ १२ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘स्वर्ग मेरो गाउँ’ अब वैशाख ७ गतेबाट रिलिज हुने भएको छ । विविध कारणले माघमा रिलिज हुन नसकेको यो चलचित्रलाई वैशाखमा सारिएको निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले जानकारी दिएका छन् ।
यो चलचित्रले शहरबाट गाउँ घुम्न गएका यूवतीहरुले गाउँलाई नै स्वर्ग बनाउनका लागि गरेको कामको कथालाई उठान गरेको छ । चलचित्रमा नायक नरेन खड्काको साथमा रामकृष्ण बजगाँइ, भावना ग...































