काठमाडौं, २६ मंसिर । नायिका श्वेता खड्काको निर्माणमा तयार भएको फिल्म ‘कान्छी’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। माघ २६ मा अनमोल केसी अभिनित फिल्म ‘कृ’ रिलिज हुने भएकाले फिल्म ‘कान्छी’ निर्माण पक्ष र वितरकले फागुन ४ गतेलाई प्रदर्शन मिति तय गरेका छन्।

एकै दिन प्रतीक्षित दुई फिल्म रिलिज हुने हल्लाले फिल्म नगरी राम्रै तातेको थियो। तर, अब भने उक्त स‌ंभावना टरेको छ। फिल्म ‘कृ’सँग आफूलाई जुध्न मन नलागेकाले आफू पछाडि हटेको निर्मात्री तथा अभिनेत्री श्वेता बताउँछिन्।

भन्छिन्, ‘मलाई जुध्न मन लागेन। ‘कृ’ टिमसँग धेरै छलफल गर्ने कोसिस गर्दा पनि कुनै निर्णय नभएपछि म आफैँ पछि सरेँ।’ आकाश अधिकारी निर्देशित फिल्म ‘कान्छी’मा श्वेता र दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन्।

ग्रामीण भेगकी सोझी केटी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!