डेढ करोड खर्चिएर मर्मत गरेको गलेश्वर–राखुभगवती सडकको अवस्था जीर्ण र कहालीलाग्दो

डेढ करोड खर्चिएर मर्मत गरेको गलेश्वर–राखुभगवती सडकको अवस्था जीर्ण र कहालीलाग्दो

म्याग्दी। दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक निर्माण भएको लामो समय भएपनि सडकको अवस्था भने जीर्ण र कहालीलाग्दो छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेको गलेश्वरदेखि पिप्ले, भगवती हुँदै बेखखोला क्षेत्रको सडकको स्तरोन्नतीका लागि १ करोड ५० लाख बढि बजेट खर्च गरेपनि सडकको अबस्था भनै जस्ताको तस्तै छ । यो सडकमा विभिन्न क्षेत्रबाट प्रप्त डेढ करोड रकम खर्च गरेपनि सवारी स...
मन्त्री थापाद्धारा अपाङ्गलाई ह्विलचियर वितरण

मन्त्री थापाद्धारा अपाङ्गलाई ह्विलचियर वितरण

पोखरा।कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले आज यहाँ अपाङ्गलाई ह्विल र अन्य सामग्री वितरण गर्नुभएको छ । स्वावलम्बन जीवन पद्धति समाज नेपालको सक्रियता तथा जर्मनीको भोगेल होल्डिङ इन कर्पोरेसनको सहयोगमा कास्की र अन्य जिल्लावाट पोखरा आई बसोबास गर्ने अपाङ्गलाई ६१ ह्विलचियर, २७ वटा शौचालयका लागि प्रयोग हुने कुर्सी, नौ जना अपाङ्गलाई बसेर नुहाउने कुर्सी, १२ वैशाखी र पाँच थान स्टोक सह...
परीक्षाको तयारीसँगै पुनः अनशनमा अस्थायी शिक्षक

परीक्षाको तयारीसँगै पुनः अनशनमा अस्थायी शिक्षक

काठमाडौँ। आशन्न भदौ ३ गतेको शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा रहेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाराका अस्थायी शिक्षक राजेश राम उक्त परीक्षा सार्नुपर्ने मागसहितको आन्दोलनका लागि काठमाडौँ आएका छन् । शिक्षा ऐन (आठौँ संशोधन) मा नवौँ संशोधन गरी कार्यरत सबै अस्थायी शिक्षकको रोजगारी सुनिश्चित गराएर मात्र परीक्षाको अर्को मिति तोकिनुपर्ने अस्थायी शिक्षक संघर्ष समितिको आन्दोलनका लागि राजेशसहित क...
विषालु सर्पडसाइबाट एकको मृत्यु

विषालु सर्पडसाइबाट एकको मृत्यु

लहान । विषालु सर्पको डसाइबाट सिरहाको लहान नगरपालिका १० गुदीगाउँमा हिजो साँझ एक जनाको मृत्यु भएको छ । लहान नगरपालिका १० गुदीगाउँ निवासी ४८ वर्षीय श्रीचन पासवान आफ्नै घरमा सुतिरहेका बेला अचानक विषालु सर्पले डसेर सिकिस्त भएपछि उपचारका लागि आफन्तले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
पाटेबाघका कारण सामुदायिक वन प्रवेशमा निषेध

पाटेबाघका कारण सामुदायिक वन प्रवेशमा निषेध

कञ्चनपुर । दुर्लभ पाटेबाघ देखा परेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित श्रीकृष्ण सामुदायिक वन प्रवेशमा निषेध गरिएको छ । सामुदायिक वन क्षेत्रमा एक सातादेखि निरन्तर पाटेबाघ देखा पर्न थालेपछि उपभोक्तालाई वन छिर्न निषेध गरिएको हो । “वन छिर्ने र पाटेबाघको सुरक्षाका लागि सार्वजनिक सूचना जारी गरी उपभोक्तालाई खबरदारी गरेका छौँं” सामुदायिक वनका उपाध्यक्ष राजेन्द्रबहादुर ऐरले भने । वन संरक्षणमा जोड ...
बायर्न म्युनिखलाई पराजित गर्दै लिभरपुल अडी कपको फाइनलमा

बायर्न म्युनिखलाई पराजित गर्दै लिभरपुल अडी कपको फाइनलमा

एजेन्सी। लिभरपुलले बायर्न म्युनिखलाई पराजित गर्दै अडी कपको फाइनलमा प्रवेश गरेको छ । लिभरपुलले उत्कृष्ट खेल प्रदर्शन गर्दै जर्मन च्याम्पियनलाई ३–० गोलअन्तरले पराजित गरेको हो । लिभपुलको जीतमा साडियो माने, मोहमद शालाह र ड्यानीयल स्टरिजले गोल गरे । मानेले खेलको रोर्बटो फर्मिन्होको पासमा खेलको छैटौँ मिनेटमा नै गोल गरेका थिए । भने उनले शलाहका लागि गोलको अवसर सृजना गरेका थिए । यद्यपि, खेलमा स्टरिज घ...
तेस्रो चरणको चुनावमा राम्रो नतिजा ल्याउने बताउँदै काँग्रेस–माओवादीमाथि खनिए थापा

तेस्रो चरणको चुनावमा राम्रो नतिजा ल्याउने बताउँदै काँग्रेस–माओवादीमाथि खनिए थापा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । सो पार्टीको धनुषा जिल्ला कार्यसमितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकारसम्मेलनमा उनले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई आफ्नो दलले उच्च प्राथमिताका साथ तयारी गरिहेको बताए । अध्यक्ष थापाले राष्ट्रिय जनता पार्टीला...
दृष्टिविहीनलाई निःशुल्क सेतो छडी

दृष्टिविहीनलाई निःशुल्क सेतो छडी

काठमाडौँ ।  नेपाल नेत्रहीन सङ्घले आफ्नो रजतजयन्ती वर्षका अवसरमा मुलुकभरका तीन हजार दृष्टिविहीनलाई निःशुल्क सेतो छडी वितरण गर्ने भएको छ । दृष्टिविहीनलाई एक्लै हिँड्डुल गर्दा सहयोगी हुने सो सेतो छडी यो वर्ष हालसम्म ५०० जनालाई वितरण गरिसकिएको सङ्घका केन्द्रीय सचिव शिशिर खनालले जानकारी दिनुभयो । ‘हेल्पिङ ह्यान्ड्स’का सञ्चालक दिनेश थापाको सहयोगमा ती छडी वितरण शुरु भएको हो । चीनबाट ल्याइने ती छडीको प्...
ज्यान मार्ने उद्योगका प्रतिवादी दश महिना पछि पक्राउ

ज्यान मार्ने उद्योगका प्रतिवादी दश महिना पछि पक्राउ

पाँचथर । आफनै साथीमाथि हयाम्मर प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ का फरार एक ब्यक्तिलाई प्रहरीले दश महिना पछि पक्राउ गर्न सफल भएको छ । गत ०७३ असोज २२ गते राती मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ बस्ने हर्क बहादुर थक्लुलाई मारतल प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका सोही ठाउँ वस्ने मनिन्द्र थक्लुलाई प्रहरीले पक्राउ गरेको हो । फरार रहेका थक्लुलाई जिल्ला प...
दाँतलाई सेतो बनाउने ६ घरेलु उपायहरु

दाँतलाई सेतो बनाउने ६ घरेलु उपायहरु

काठमाडौं । हिजोआज धेरैलाई दाँतको समस्या रहेको छ ।  दाँत पहेँलो हुनु अहिलेको मूख्य समस्या हो । सहि तरिकाले दाँतको हेरचाह नगर्दा दाँत पहेँलो हुन्छ । पराग, सुर्ती खाँदा पनि दाँत पहेँलो हुन्छ ।  आफ्नो अनुहारको सुन्दरतामा दाग आउँछ । त्यतिमात्र होइन धेरैको आत्मा विश्वाश पनि घटेको देखिएको छ । दाँतको पहेँलोपन हटाउने ६ घरेलु उपायहरु यसप्रकार छन् : १. तुलसीको पात तुलसीमा दाँतको पहेँलोपन हटाउने एक अदभूत...
बसको ठक्करबाट घाइते शर्माको मृत्यु

बसको ठक्करबाट घाइते शर्माको मृत्यु

इनरुवा। सुनसरीको दुहबी नगरपालिकामा बसको ठक्करबाट घाइते भएका एकजनाको मंगलबार मृत्यु भएको छ । गत आइतबार सुनसरीको दुहबी नगरपालिकामा बसको ठक्करबाट साइकलमा सवार घाइते सुशील शर्माको उपचारको क्रममा मृत्यु भएको हो । कोशी राजमार्गअन्तर्गत सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना ५ ख ४९९७ बसले दुहबी नगरपालिका–६ बस्ने ४२ वर्षीय शर्मालाई ठक्कर दिएको थियो । ठक्करबाट...
इलाम देशकै दोस्रो सफा शहर

इलाम देशकै दोस्रो सफा शहर

इलाम। सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २६३ नगरपालिकामध्ये धनकुटालाई सबैभन्दा सफा शहरका र...
बालविवाह विरुद्ध घरदैलो अभियान

बालविवाह विरुद्ध घरदैलो अभियान

बैतडी । बैतडीको पुरचौडी नगरपालिका–१ मा बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन भएको छ । नवनिर्वाचित जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेका हुन् । वडा नं १ अध्यक्ष गणेशबहादुर गडालसहितका जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेको स्थानीय लालबहादुर भण्डारीले जानकारी दिए । नवनिर्वाचित जनप्रतिनिधिले घरघरमा गएर २० वर्षपछि मात्रै विवाह गर्न सल्लाह द...
राजविराजमा एक बालकको ट्र्याक्टरबाट लडेर मृत्यु

राजविराजमा एक बालकको ट्र्याक्टरबाट लडेर मृत्यु

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–५ स्थित बोरियामा मंगलबार साँझ ट्र्याक्टरबाट लडेर एकजना बालकको मृत्यु भएको छ । सोही ठाउँ बस्ने रमेश रामका ६ वर्षीय छोरा प्रदीप रामको ट्र्याक्टरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । राजविराजबाट सखडातर्फ जाँदै गरेको स १ त ३४६७ नम्बरको ट्र्याक्टरमा चढेका बालक ट्र्याक्टरबाट लडेर तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यता शव प...
राष्ट्रिय ढुकुटीको चर्को दोहन, आर्थिक सहायताको नाममा ११ वर्षमा ४ अर्ब बाँडियो

राष्ट्रिय ढुकुटीको चर्को दोहन, आर्थिक सहायताको नाममा ११ वर्षमा ४ अर्ब बाँडियो

काठमाडौं । सरकारमा सहभागी दलहरुले ‘आर्थिक सहायता नाममा आफ्ना नेता तथा कार्यकर्तालाई वार्षिक करोडौं रुपैयाँ वितरण गरी राज्यकोषको दुरुपयोग गरेका छन् । दोस्रो जनआन्दोलनपछि बनेका सरकारले आर्थिक सहायता नाममा कार्यकर्तालाई रकम बाँड्दै आएको देखिन्छ । २०६३–६४ देखि २०७३–७४ सम्मका ११ वर्षमा सरकारमा सहभागी दलले करिब ४ अर्ब रुपैयाँ आर्थिक सहायता नाममा कार्यकर्तालाई वितरण गरेका छन् । कार्यकर्तालाई रकम वित...
उत्तम लिम्बुको कविता ‘गाउँ’

उत्तम लिम्बुको कविता ‘गाउँ’

फुलमान दाइ कुन दु:ख बिसाउन गाँउ छाेडेर के-लाई अायौ? याे खाडिमा तिमी पनि। सुनेकाे थिएँ तिमीले पुज्ने देवीथानकाे देउताहरु अाफु भित्रकाे इश्वर हराएर ढुङ्गा मात्रै बनेका छन् रे! सँधै एकनाश सुसाउने नम्फुवा खाेला यसपाली त मायामारी बढ्यो भन्छन् सुनेका थिएँ अाधा कित्ता बगर भा छ बाँकि बचे अाधा जति तल्सिङ्गले दिएनन् र! खडेरी छ भन्दै थिइन् सानीमाले हुनेखानेहरु सहरतिरै बसाईँ सर...
धनकुटामा प्रेस चौतारी १ नम्बर प्रदेशको विस्तारित बैठक

धनकुटामा प्रेस चौतारी १ नम्बर प्रदेशको विस्तारित बैठक

धनकुटा, १८ साउन । धनकुटामा बुधबार (आज) प्रेस चौतारी १ नम्वर प्रदेशको बिस्तारित बैठक बस्दैछ । आसन्न पत्रकार महासंघको केन्द्रिय चुनावलाई लक्षित गरी चौतारीको प्रदेश स्तरीय बैठक बस्न लागेको हो । धनकुटाको सिरवानी स्थित एमाले पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने प्रेस चौतारी धनकुटाका अध्यक्ष सन्तोष रुचालले जानकारी दिए । उनका अनुसार बैठकको सम्पुर्ण तयारी पुरा भएको छ । बैठक उद्घाटनका ला...
२०७४ साउन १८ गते बुधबारको राशिफल

२०७४ साउन १८ गते बुधबारको राशिफल

मेष– खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ। वृष– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि, सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। मिथुन– बोली(व्यवहारमा सजग रहनुहोला। हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ। मानसम्मानमा चोट पुग्न सक्छ। कर्कट– आँटेका काम बन्नाले जोश–जाँगर ब...
तिम्रो प्रश्न मेरो प्रश्न (कविता)

तिम्रो प्रश्न मेरो प्रश्न (कविता)

नदी किनारमा भेट भएको दिन मेरो आँखामा हेर्दै पखाल्यौ एक अञ्जुली अनुहार तिमीले छोएपछि पनि उँधै बगिरह्यो रिसले फन्किएर उक्लिएन पानी पहाडतीर । तिमीले टेकेपछि पनि एक्लै हिंडिरहेको बाटो भागेन जंंगलतिर भिरतीर एकान्ततिर उसैगरि पु¥यायो गन्तव्यमा हाम्रा पाइतालाहरु तिम्रा चीसा हातहरु सेकाउँदा निभेन आगो मानिरहे सल्किन दाउराहरु बाँडिरह्यो तातो सम्बन्ध दुवैलाई र रातले एउटै मूल्यमा उस्तै स...
धनकुटामा अग्रदीपको वार्षिकोत्सवः पत्रकारलाई पुरस्कार, लेखकलाई सम्मान (फोटो फिचरसहित)

धनकुटामा अग्रदीपको वार्षिकोत्सवः पत्रकारलाई पुरस्कार, लेखकलाई सम्मान (फोटो फिचरसहित)

धनकुटा, १७ साउन । धनकुटावाट प्रकाशित हुदै आएको अग्रदीप साप्ताहिकको प्रथम बार्षिकोत्सवको अवसर पारेर मंगलबार एक पत्रकारलाई पुरस्कृत र छ जना लेखकलाई सम्मानित गरिएको छ । अग्रदीपले स्थापना गरेको ‘अग्रदीप संरक्षक क्रियासिल पत्रकारिता पुरस्कार’ बाट नागरिक दैनिकका जिल्ला सम्वाददाता सिद्धराज राईलाई ५ हजार १ सय ५१ नगदसहित पुरस्कृत गरिएको हो । कृषि, पर्यटन र सामाजिक विकासमा समाचार लेखे बापत पत्रकार र...
भरतपुरमा पुनः मतदान : अवको निर्णय जनताको हातमा

भरतपुरमा पुनः मतदान : अवको निर्णय जनताको हातमा

रत्ननगर । मतपत्र च्यातिएपछि रोकिएको चितवनको भरतपुर महानगरपालिकामा दुई महिनापछि पुनः चुनावी सरगर्मी बढेको छ । सर्वोच्च अदालतले निर्वाचन आयोगको पुनः मतदान गर्ने निर्णय सदर गरेसँगै यहाँ चुनावी चहलपहल बढेको हो । अहिले चुनावी अभियानमा विभिन्न दलका नेता तथा कार्यकर्ता भरतपुर–१९ पुगेका छन् । भरतपुर–१९ का मतदाता राजुभक्त लम्सालले अब दलहरु फेरि चुनावी अभियान लिएर गाउँ आइपुगेको बताउनुभयो । उहाँले भन्नुभ...
माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

सल्यान।  नेकपा (माओबादी केन्द्र ) को जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ । जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो । ‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनै पनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले’ तालावन्दी गर्नुपरेको महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम घर्तीले...
विखण्डन र विभेदको बीउ रोप्नेलाई परास्त गर्न प्रचण्डको आग्रह

विखण्डन र विभेदको बीउ रोप्नेलाई परास्त गर्न प्रचण्डको आग्रह

जनकपुरधाम ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्नु बताउनुभएको छ । प्रेस सेन्टर नेपाल धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको बीउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्न...
शौचालयको अभावमा यात्रु सकसमा

शौचालयको अभावमा यात्रु सकसमा

वीरगञ्ज । २७ वडामध्ये १८ वटा वडा दिसामुक्त क्षेत्र घोषणा भए पनि वीरगञ्ज महानगरपालिकाभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा यात्रु सकमा परेका छन् । एक घर एक चर्पीको नारा अघि सारेको वीरगञ्ज महानगरपालिकाले खुला क्षेत्रमा दिसापिसाब नगर्ने वडालाई धमाधम दिसामुक्त क्षेत्र घोषणा गरेपनि नगर क्षेत्रभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा बाहिरबाट आउने यात्रुलाई समस्या परेको गुनासो बढ्न थालेको छ । साविक गाविस...
नदीजन्य वस्तु चोरी

नदीजन्य वस्तु चोरी

नवलपरासी। नवलपरासीका जिल्लाका विभिन्न खोलाबाट अवैधरुपमा नदीजन्य वस्तु ९ढुंगा गिट्टी र बालुवा० को चोरी बढेको छ । जिल्लाको गैँडाकोटदेखि सुनवलसम्मका करिब १५ बढी खोलामा नदीजन्य पदार्थको चोरी अत्याधिक रुपमा बढेको स्थानीयले बताएका छन् । त्यसमा सबैभन्दा बढी सुनवल नगरपालिका क्षेत्रका तुरिया र भूमही खो डेढमहिना अघिदेखि खोलाको ठेक्का समाप्त भएसँगै खोलामा चोरी निकासी बढेको हो । नदीजन्य वस्तुको दोहन नियन्त्...
सर्पको डसाइ समयमै उपचार नगर्दा धेरैको मृत्युृ

सर्पको डसाइ समयमै उपचार नगर्दा धेरैको मृत्युृ

तिलोत्तमा। विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो । बुटवलस्थित लुुम्बिनी अञ्चल अस्पतालमा पछिल्लो सात वर्षमा ६७ जनाको मृत्यु भएको अस्पतालको तथ्याँक छ । यो आवमा १९ जनाको मृत्यु भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा। राजेन्द्र सञ्जेल क्षेत्रीले अस्प...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं। नेपाली बजारमा आज  मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । सुन प्रतितोला ५४ हजार ८ यस रुपैयाँ पुगेको छ भने हिजो (सोमबार) सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कति वजन भएकाले कति पानी पिउने ?

कति वजन भएकाले कति पानी पिउने ?

डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सुत्र जानिराखौँः सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । सरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो सरीरको वजन थ...
आइफोन एट बजारमा आउन ढिलो हुने

आइफोन एट बजारमा आउन ढिलो हुने

   एजेन्सी । एप्पल कम्पनीको आइफोन सिरिजको बहुप्रतिक्षित फोन आइफोन एटलाई लिएर विभिन्न समाचारहरु आइरहेका छन् । समाचारहरु अनुसार आइफोन एट आगामी सेप्टेम्बरमा लञ्च हुने बताइएको थियो । तर पछिल्लोपटक आएको एक अर्को समाचारले चाहीँ आइफोन एट लञ्च हुन केही ढिला हुने खुलासा गरेको छ । समाचार अनुसार सेप्टेम्बरमा नभै अक्टोबर वा नोभेम्बरसम्म मात्र आइफोन एट बजारमा आउनेछ । म्याक ओटकाराको पछिल्लो एक रिपोर...
बाँदरबाट मकै जोगाउन मुस्किल

बाँदरबाट मकै जोगाउन मुस्किल

पाल्पा । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ । किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । पहाडी जिल्ला पाल्पाको मुख्य बालीका रुपमा रहेको मकैबालीलाई बाँदरबाट जोगाउन धौधौ भएको हो । वन संरक्षण गर्न थालेपछि गाउँमा बाँदरको संख्या बढेकाले अन्नबाली जोगाउन मुस्किल भएको स्थानीय बासिन्दाको दुखेसो छ । कुक...
भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो

भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो

भोजपुर । साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ । भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको होे । विशेषगरी असारमा धान रोपाइँं गरिने भए तापनि कतिपय ठाउँमा साउनमा तौलिया धान निकालेपछि रोपाइँ गरिने भएकाले पनि कम रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरका प्राविधिक सहायक युकमणि भट्टराईले बताए । भोजपुरमा ६२ हजार २९२ हेक्टर खेत...
error: Content is protected !!