ईलाममा माइक्रो दुर्घटनामा १४ घाइते
इलाम, १५ कात्तिक । मेची राजमार्गस्थित इलाम नगरपालिकाको गोदकमा गएराति भएको हायस माइक्रो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जना गम्भीर रहेकामा उपचारपछि उनीहरू सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट इलामका लागि आइरहेको बा.४ख ६३५७ नम्बरको हायस माइक्रो इलाम नगरपालिका–१०, गोदकको धजेडाँडामा सडकबाट करिब ५० मिटर झरेको थियो ।
पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर श...




























