सिरहा, १४ कात्तिक । सिरहाको कर्जन्हा नगरपालिकाको उत्तराईनीमा पुन नहुँदा वर्षाको समयमा स्थानीयले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यथा थियो ।
तर, अब त्यहाँ पुल बेनेपछि अकालको मृत्यु टरेको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
पुल नहुँदा वर्षाको समयमा पानीमा हेलिएर हिड्नु पर्दा कतिले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको भन्दै अब त्यो बाध्यता टरेको उयपुर गराँसका मोहन गिरी बताए ।
पुल बनेपछि यस क्षेत्रका सर्पले टोकेका, गर्भवती तथा अन्य रोगका बिरामीले पनि समयमै उपचार पाउने स्थानीयको भनाइ छ ।
झोलुङ्गे पुल बनेपछि सिरहा धनुषा, सिन्धुली र उदयपुरका स्थानीयहरु लाभान्वित भएका छन् ।
पुल नहुँदा सिन्धुली, धनुषा,सिरहा र उदयपुरका स्थानीहरु धनुषाको चिसापानीको तल्लो गोधार हुँदै करिब अढाई घन्टा भन्दा बढी हिडेर सिरहाको बन्दीपुर सडकमा निस्केर पूर्ब पश्चिम जानु पर्ने बाध्यता थियो ।
सिरहाको कर्जन्हा नगरपालिका बन्दीपुरमा सर्पदंश उपचार केन्द्र छ । यी चार जिल्लाको चुरे क्षेत्रमा हरियो सर्पको आतङ्क नै हुन्छ ।
त्यहाँका सर्पले टोकेका बिरामी बन्दीपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा नै आउँछन् ।
पुल नहुँदा अढाई घन्टा भन्दा बढी ससमयमा सर्पदंश उपचार केन्द्रमा ल्याइ पुर्याउन लाग्थ्यो । कति सर्पदंशका बिरामीको बाटो नहुँदा घुमाएर ल्याउदा बाटोमा नै मृत्यु हन्थ्यो ।
उदयपुर, धनुषा र सिन्धुलीका बिरामीहरु पुल नहुँदा धनुषाको चिसापानी तल्लो गोधार हुँदै करीब अढाई घन्टाभन्दा बढी घुमेर सिरहाको बन्दीपुर बन्दीपुर आईपुग्दा बाटोमा नै मृत्यु हुने गरेको धनुषा चिसापानीका स्थानीय ईन्द्रकुमार शाहले बताए ।
अहिले पुल बनेकाले अब त्यस क्षेत्रका सर्पदंशका बिरामी र सुत्केरी, गर्भवती महिलाले ज्यान गुमाउनु नपर्ने सिरहाको कर्जन्हा नगरपालिकाकी उपमेयर ज्ञानु श्रेष्ठले बताइन् ।
नेपाल सरकारको राष्ट्रिय योजना आयोगको योजना अन्तर्गत दुई करोड ६१ लाख बजेटमा करिब डेढ बर्षको अबधिमा पुल निर्माण कार्य सम्पन्न भएको हो ।