युएई, १४ कात्तिक । भिजिट भिसामा युएई आएर काम नपाएको अवस्थामा दलालले धोका दिएपछि अलपत्र परेका सुनसरीका १४ जना युवा गत बुधबार नेपाली दूताबासको शरणमा आइपुगे ।

Advertisement

नेपाल फिर्नका लागि हरेकलाई २७० दिराम्स खर्च लाग्ने र उनीहरुलाई बिहान बेलुका खानासमेत समस्या भएको खबर आयो । एक हप्ताग गर्न युएईमा रहेका सबै सासम्म आफूले स्थानीय रेस्टुरेन्टमा खानपिनको व्यवस्था गरे पनि पर्याप्त नभएका कारण पीडित नेपालीलाई सहयोमाजिक व्यक्ति तथा संघसंस्थालाई गायक प्रकाश पौडेलले सार्वजनिक अपिलसमेत गरे ।

सामाजिक सञ्जाल फेसबुकमा सुवेदीले सोही आशयको स्टाटस राखे पनि करिब सयभन्दा बढी सामाजिक संस्थाका कोही जिम्मेवार प्रतिनिधिले सहयोगी हात सार्वजनिकरुपमा अगाडि बढाएको पाइएन ।

युएईमा क्रियाशील सामाजिक, राजनीतिक, व्यावसायिक व्यक्तित्वले गायक प्रकाश पौडेलको अभियानप्रति मौनता साँधेको देखियो । करिब ६ घन्टाको अन्तरालमा चार जनाले प्रकाशको अभियानलाई ‘राम्रो काम’, ‘बधाइ छ भाइलाई’ भनी प्रतिक्रिया दिएका थिए । तर, पीडितहरुको सहयोगका लागि यो ब्लग तयार पारुन्जेल कोहीले अग्रसरता देखाएका छैनन् ।

युएईमा रोजगारी, गायन र समाजसेवाको त्रिवेणी बनेका ‘रुञ्चे गायक’ को उपमा पाएका पौडेलले यस प्रकृतिका मानवीय, भौतिक र आर्थिक सहयोग कति गरेका छन् ?

त्यसको कुनै लेखाजोखा छैन । जागिरसँगै समस्यामा परेका नेपालीहरुको उद्धारमा उनी करिब एक दशकदेखि युएईका सातै इमिरेटससम्म दौडिरहेका भेटिन्छन् ।

पन्ध्र वर्षअघि ‘नाई मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत गाएका पौडेल कमेडी जनरामा वर्षेनी एकएक वटा गीत गाउँदै युएईको सामाजिक अभियानमा सक्रियतापूर्वक लागिपरेका छन् । यसअघि उनले आहृवान गरिसक्दा सहयोगीहरु स्वर्तस्फुर्त जुटने गर्थे । तर, अहिले परिस्थिति फेरिएको छ ।

कुनैबेला सेवा गर्न, सामाजिक कामको जस लिन प्रतिस्पर्धा हुने युएईको सामाजिक वातावरणमा सुस्तता छाएको छ । वास्तविक पीडितहलाई पनि सहयोग जुट्न हम्मेहम्मे परेको छ । आखिर किन सुस्ताउँदै छन् सामाजिक संस्थाहरु अनि सहयोगी मनहरु ?
युएईमा सहयोगी, मनकारी र सामाजिक व्यक्तित्वहरुको कमी छैन । रजत जयन्ती मनाएको युएईको पहिलो सामाजिक संस्था नेपाली समाजदेखि ७८ वटा देशमा सञ्जाल भएको नेपाल सरकारले पत्याएको एनआरएन, नेपाल आदिवासी जनजाति महासंघ, हरेक जिल्लाका नाममा खोलिएका सामाजिक संस्थाहरु, धार्मिक, क्षेत्रीय, धार्मिक, राजनीतिक पार्टीका भातृसंगठनदेखि युएईको सरकारी निकायमा दर्ता भएको ‘हामी नेपाली एसोशिएसन’ पनि सेवा गर्न तत्पर भएर बसेका छन् ।

तर, पनि दूतावासमा शरण परेकाहरुलाई भात खान र नेपाल जानका लागि आवश्यक पर्ने आउट पासका लागि तिर्ने २७० दिराम्स तिर्न सहयोगी दाताको अभाव देखिएको छ ।

नेपाली दूतावास, अबुधाबीले केही समयअघि ५२ जना नेपाली दलालहरुको नाम सार्वजनिक गरेको थियो । उनीहरुलाई कारवाहीका लागि नेपाल सरकारलाई सिफारिस गरे पनि भिजिटमा यहाँ आउने नेपालीहरुको लर्को रोकिएको छैन

सुवेदीको आहृवानलाई युएईमा रहेका संघसंस्था प्रमुखहरुको समूहमा राखी छलफल गर्ने र सहयोगको वातावरण बनाउने चेष्टा गरियो । तर, मानवीय सहयोगका लागि सम्बन्धित स्थानमा समस्या उठान गरेपछि केही सहयोग जुट्ने हिजोको जस्तो वातावरण त्यहाँ बनेन ।

युएईका अधिकांश संस्था प्रमुखहरुले भिजिट भिसामा आएर अलपत्र पर्नेहरुको उद्धार गर्दा दलालहरुको मनोबल उच्च हुने भएका कारण त्यस प्रकृतिका समस्या समाधान गर्न दलालहरुलाई कानुनको कठघरामा ल्याउनुपर्ने र यसका लागि नेपाली दूतावासमा दबाव सिर्जना गर्न सुझाए ।

यद्यपि, नेपाली दूतावास, अबुधाबीले दलाललाई कारबाही गर्न कहिले बजेट नभएको त कहिले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिरको काम भनी तर्कने गरेको समाचार यसअघि नै सार्वजनिक भइसकेका छन् ।

त्यतिमात्र होइन, यससम्बन्धी सत्यत्थ्य समाचार सम्पे्रषण गर्ने नेपाली सञ्चारकर्मीहरुलाई ‘पित पत्रकारिता’ नगर्न सुझाउँदै विज्ञप्ति निकालेको दूतावासले नेपाली सञ्चारकर्मीलाई समेत चिढ्याउँदै आएको छ ।

एनआरएन मध्यपूर्व उपसंयोजक गोपाल कँडेलले भिजिट भिसामा यहाँ आएर समस्यामा पर्ने नेपालीहरुका धेरै समस्या रहेको बताउँदै हामीले सहयोग गरेर, उद्धार गरेर नेपाल पठाइरहने हो भने दलालहरुलाई सहयोग पुग्ने हुँदा पीडितहरुको उद्धार दलालहरुले नै गर्नुपर्ने बताउँछन् । त्यस्ता दलालहरुलाई नेपाली दूताबासले स्थानीय प्रसाशनको सहायतामा कारबाही गर्नुपर्ने उनको सुझाव छ ।

नेपाल आदिवासी जनजाति महासंघ, युएईका अध्यक्ष पासाङ शेर्पाले त प्रष्टतापूर्वक भनेका छन्, ‘भिजिट भिसामा आएर अलपत्र पर्नेहरु पीडित होइनन्, उनीहरुलाई अब उप्रान्त सूचनाबाहेक अन्य सहयोग उपलब्ध गराएर दलालहरुलाई थप हौसला दिनुहुँदैन ।’

शेर्पाले अझ सरल भाषामा भने, ‘लाखौं रुपैयाँ तिरेर भिजिट भिसामा आउने, सम्बन्धित दलालहरु हाइसञ्चो मानेर बस्ने, अनि यहाँका संघसंस्थाले तिनीहरुको उद्धार गर्नुपर्ने ? यहीँ दुर्घटनामा परेका, बिरामी भएका र कम्पनीका कारण समस्यामा परेका निर्दोष नेपालीहरुलाई मात्रै यहाँका सामाजिक संस्थाहरुले सहयोग गर्ने हो ।’

बाग्लुङ समाजका अध्यक्ष मित्रलाल पाण्डे सबैभन्दा ठूलो गल्ती यहाँका नेपाली संघसंस्थाहरुले नै गरेको तर्क राख्दै भन्छन्, ‘दलालले भिजिटमा नेपाली ल्याएर टन्न कमाउँछ, अनि हामीले टिकट काटेर नेपाल फिर्ता पठाउनुपर्ने ? दलालले गर्नुपर्नेर् काम हामीले किन गर्नु ?’
दाङ देउखुरी सेवा समाजका अध्यक्ष कमल गिरीले काम र मामको जोहो गर्न आएका श्रमिकले आफ्नो जोहो गर्ने कि दलालको दायित्व बहन गर्ने भनी प्रश्न गरे ।

भिजिट भिसामा युएई आएर समस्यामा पर्ने नेपाली महिलाहरुको संख्या पनि उल्लेख्य छ । नेपाली दूतावासको सेल्टर हाउसमा दर्जनभन्दा बढी महिलाहरु नेपाल जाने पालो कुरेर बसेका छन्

त्यसैगरी एनआरएन युएईका पूर्वअध्यक्ष सुदिप कार्कीले पनि भिजिट भिसामा आएका नेपालीहरुलाई सहयोग गर्दा दलालहरु मोटाइरहेको प्रसंग उठाउँदै भने, ‘बरु दलालहरुको भण्डाफोर गर्न नेपाली दूतावास, नेपाल सरकार, वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयलाई दबाब दिनुपर्छ ।’

कार्कीले यसको प्रक्रिया सुरु भएको र केही समयपछि दलालहरुको भागाभाग हुने जानकारीसमेत दिए ।

झापाली समाज युएईका सल्लाहकार भरत शिवाकोटीले भिजिट भिसामा युएई आएर अलपत्र पर्नेहरुको संख्या अनगिन्ती रहेको बताउँदै आर्थिक सहयोग गर्दा नजिर बन्ने हुँदा पीडितहरुलाई सही सूचना र सल्लाह दिने र दलाललाई कारबाही गर्नुपर्ने बताए ।

व्यावसायी निश्चल दाहालले भिजिट भिसामा आएर अलपत्र पर्नेहरुको श्रृंखला लामो भएका कारण सहयोग गरेर केही पार नलाग्ने आफ्नो अनुभव सुनाए ।

एउटा फ्लाइटमा २० जना नेपाली भिजिट भिसामा युएई आइरहेको आफ्नो अनुभव सुनाउँदै दाहालले हचुवाको भरमा आउनेहरु समस्यामा परे पनि सबैलाई आर्थिक सहयोग गर्न असम्भव रहेको बताए ।

भिजिट भिसामा युएई नआउन सुझाव

भिजिट भिसामा युएई आएर काम खोज्नु यहाँ निकै चुनौतीपूर्ण बन्दै गएको छ । सम्बन्धित काममा दक्ष, शिक्षित, कम उमेरको र हेर्दा आकर्षक देखिनेहरुले राम्रै काम पाए पनि धेरैले निराश भएर र्फकनुपर्ने झापाली समाजका केन्द्रीय सदस्य अमर राईले सुझाव दिएका छन् ।

पत्रकार मोहन बस्यालले मानवीयताका आधारमा यहाँका सामाजिक संस्थाहरुले पीडितहरुलाई खान र बस्नका लागि वातावरण बनाउनुपर्ने बताएका छन् । तर, उनले पनि भिजिटमा ल्याएर वाचा गरेअनुरुप काम लगाउन नसक्ने दलालका आफन्तले नेपालको प्रशासनमार्फत कारबाही अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् ।

५२ भाइ दलाल खोई ?

स्मरण रहोस, नेपाली दूतावास, अबुधाबीले केही समयअघि ५२ जना नेपाली दलालहरुको नाम सार्वजनिक गरेको थियो । उनीहरुलाई कारवाहीका लागि नेपाल सरकारलाई सिफारिस गरे पनि भिजिटमा यहाँ आउने नेपालीहरुको लर्को रोकिएको छैन । बरु झन्झन् बढिरहेको छ ।

सामाजिक अभियन्ताहरुका अनुसार दैनिक १५० जना नेपाली भिजिट भिसामा युएई आइरहेका छन् । जति धेरै नेपालीहरु भिजिटमा आइरहेका छन्, समस्याहरु पनि उति नै बढिरहेको छ ।

भिजिट भिसामा युएई आएर समस्यामा पर्ने नेपाली महिलाहरुको संख्या पनि उल्लेख्य छ । नेपाली दूतावासको सेल्टर हाउसमा दर्जनभन्दा बढी महिलाहरु नेपाल जाने पालो कुरेर बसेका छन् ।

भिजिट भिसामा आएर यहाँ काम पाउनु ठूलो भाग्यको कुरा बन्दै गएको छ । भिजिट भिसामा काम खोज्नु स्थानीय प्रशासनले पनि अवैध मानेको छ ।

यी विविध कारणले गर्दा भिजिट भिसामा आएको नेपाली समस्यामा पर्यो भन्दा सामान्य लाग्न थालेका कारण सहयोगी मनहरु पनि जुट्न गाह्रो परेको छ ।

तसर्थ, रोजगारीका लागि युएईमा आउने चाहनेले मान्यताप्राप्त मेनपावरबाट वैधानिक तरिकाले, कम्पनीको बारेमा यहाँ रहेका आफन्त वा साथीभाइ वा नेटमा आफै बुझेर, सम्बन्धित कामको तालिम लिएर, विपत परेमा कसलाई सम्पर्क गर्ने भन्ने कुरासमेत बुझेर आउन नेपाली संघसंस्थाका अगुवाहरुले आग्रह गरेका छन् ।

केही नसोची दलालको मीठो आश्वासनका भरमा भिजिटमा आई अलपत्र पर्दा कुनै सहयोग नजुट्ने उनीहरुले स्पष्ट पारेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!