काठमाडौँ, १४ कात्तिक । आज एकै दिन दुई वटा घटनाक्रम देखिए, जो एक अर्कामा अन्तरसम्बन्धित छन् ।

Advertisement

विहान दैनिक पत्रिकामा काँग्रेसको घोषणा पत्र छापियो र दिउँसो द्वन्द्वकालीन घटनाको मुद्दालाई लिएर माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परे ।

सतहमा हेर्दा यी दुई घटना एक अर्कामा जोडिएको जस्तो देखिन्न । तर, अन्तरवस्तु हेरियो भने घटना जोडिएको जस्तो देखिन्छन् ।

आजका दैनिक पत्रिका, जहाँ काँग्रेसको घोषणापत्रसम्बन्धि समाचार छापिएको छ, त्यहाँ बामगठबन्धनवारे काँग्रेसको धारणा उल्लेख छ । त्यसबाहेक एमाले र माओवादीलाई हेर्ने दृष्टिकोण पनि काँग्रेस घोषणा पत्रमा उल्लेख छ ।

घोषणापत्रमा कम्युनिष्टप्रति काँग्रेसले निकै आक्रामक शब्दहरुको प्रयोग गरेको छ । जस्तो कि, काँग्रेस घोषणा पत्रमा कम्युनिष्टबारे भनिएको छ, ‘कम्युनिष्टहरु लोकतन्त्रलाई लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याउने चेष्टा गर्छन । कम्युनिष्टहरु शान्तिका पक्षधर हुँदैनन्, तिनले हिंसा, व्यक्ति हत्या र राज्यआतंक सिर्जना गर्ने गर्दछन् ।’

कम्युनिष्टमाथि यति कठोर शब्दबाण प्रयोग गरेर काँग्रेसले बामगठबन्धनमाथि हमला गर्ने अस्त्र तयार पारेको थियो ।

आफ्नो घोषणा पत्रमा काँग्रेसले ‘कम्युनिष्ट गठबन्धनका नेता र योजनाकारहरुले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीका माध्यमबाट एकदलीय कम्युनिष्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उदेश्य राखेका छन् ।’

काँग्रेसले माओवादीकै विषयमा पनि धारणा राखेको छ, ‘देश राजनीतिक मुठभेडको भंगीर मोडमा पुगेको बेला पनि माओवादी केन्द्र द्वन्द्वकालीन प्रवित र घटनाका प्रभावबाट मुक्त हुन सकेन ।’

दैनिक पत्रिकामा आज यी समाचार छापिएको केही घण्टामा प्रधानमन्त्री शेरबहादुर देउवाको अर्को ‘मुभ’ देखियो, बालकृष्ण पक्राउका रुपमा ।

हत्या आरोपमा अदालतबाट दोषी करार ढुंगेल पक्राउ प्रहरीको सामन्य र नियमति कार्यसूचि होइन् । किनभने ढुंगेलको विषयमा २०६६ मै फैसला आएको थियो । त्यसयता ढुंगेल राज्यको पहुँचभन्दा टाढा थिएनन् । बरु, राजनीतिक शक्ति सन्तुलनलाई ध्यानमा राखेर कुनै पनि सरकारले ढुंगेललाई समात्न हिम्मत गरेका थिएनन् ।

जब काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवावीच सम्बन्ध तित्ततापूर्ण भयो । यसको शिकार भए ढुंगेल । प्रधानमन्त्री देउवालाई प्रचण्डले धोका दिएको महसुस भयो । ढुंगेल मार्फत बदला लिए । र, बामगठबन्धनमाथि ‘इन्काउन्टर’ गरे ।

अव यो इन्काटउन्टरको असर के हुन्छ, यो हेर्न बाँकी छ । किनभने युद्धकालीन विषयमा प्रचण्ड र शेरबहादुर देउवाका भूमिका र निर्णय करिब–करिब मिल्दा जुल्दा छन् । एकले अर्कालाई सिध्धाउन जायज–नाजायज, वैधानिक र अवैधानिक सबै कमद चालेका छन् ।

बालकृष्ण ढुंगेल पक्राउमा शेरबहादुर र प्रचण्डबीच तनावपूर्ण अबस्था आयो भने राजनीतिक जटिलतातिर जान सक्छ । ०५२ देखि ०७४ सम्म आउँदा देउवा–प्रचण्डले एक अर्काको हित र अहितका लागि गर्न मिल्ने र नमिल्ने सबै काम गरेका छन् । र, धेरै राजनीतिक पण्डितहरुलाई ‘हिसाब खोज्न’ गाह्रो बनाइरहेका छन् । ढुंगेल पक्राउ यस्तै एउटा घटना हो ।

पछिल्लो समय एकले अर्कालाई प्रधानमन्त्री बनाएर गुन पनि लगाएका छन् । तर, जस असोज १७ गते जव प्रचण्डले देउवासँगको दोस्ती तोडेर एमालेसँग बामगठन्बनको कोर्स अगाडि बढाए । यहाँबाट फेरि दुई नेताबीचको सम्बन्ध जटिल हुँदै गयो ।

कुनै बेला एकले अर्कालाई सिध्याउन जायज–नाजायज सवै कदम चाल्न पछाडि नपर्ने देउवा र प्रचण्डको दोस्ती प्रचण्डले काँग्रेससँगको सहकार्य नतोड्दासम्म लोभलाग्दो थियो । यो दोस्तीले विपक्षी एमालेको त पसिना नै निकालिदिएको थियो । ओली र प्रचण्डको दोस्तीले अहिले यस्तो पसिनाको सामना देउवाले गरिरहेका छन् । र, इन्काउन्टरका उपाय खोजिरहेका छन् ।

आफ्नो निर्णयले भविष्यमा पार्ने प्रभावमाथि देउवा–प्रचण्ड खासै चिन्तित हुँदैनन्, जुन धेरै नेताले गर्न सक्दैनन् । जोखिम मोल्न जुनसुकै बेला तयार हुने र आबश्यक परे जस्तो सुकै कठोर निर्णय लिन सक्ने समान क्षमता छ, देउवा र प्रचण्डमा । यसकारण ढुंगले प्रकरणले फेरि देशमा तनाव बढ्छ कि भन्ने चिन्ता देखिएको हो ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!