काठमाडौं, १४ कात्तिक ।  एएफसी यू-१९ छनोट च्याम्पियनसिपको पहिलो खेलमा अन्तर्गत अहिले नेपाल घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । ४० मिनेटको खेल सकिँदा नेपाल १-० ले पछि परेको छ।

Advertisement

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक किर्गिस्तान, बहराइन, यूएई र ओमन छन् । दोस्रो खेल नोभेम्बर २ तारिखमा बहराइनसँग, तेस्रो खेल नोभेम्बर ४ तारिखमा यूएईसँग र अन्तिम खेल नोभेम्बर ८ तारिखमा ओमनसँग खेल्नेछ ।

छनोट च्याम्पियनसिपमा सहभागी एसियाली राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उत्कृष्ट उपविजेताले सन् २०१८ मा आयोजना हुने एएफसी यू(१९ च्याम्पियनसिप खेल्न पाउने छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!