सिँचाइको बाँधमा महिलाको शव, पहिचान खुल्न सकेन्

सिँचाइको बाँधमा महिलाको शव, पहिचान खुल्न सकेन्

दाङ । दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ। राप्ती गाउँपालिका-१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले बताएको छ। महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन। अन्दाजी २५ देखि ३० वर्ष उमेरको पाँच फिट एक इञ्च उचाई भएकी महिलाको बायाँ हातको माझी औँलामा पहेँलो औँठी, साइँली औँलामा फलामको औँठी, नाकमा फूली, दाहिने खुट्ट...
हत्या आरोपमा मृतकका बाबु र दाजु पक्राउ

हत्या आरोपमा मृतकका बाबु र दाजु पक्राउ

महोत्तरी। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी÷बहिनी गौशाला नगरपा...
चारआली–चन्द्रगढी सडक निर्माण अलपत्र

चारआली–चन्द्रगढी सडक निर्माण अलपत्र

भद्रपुर । मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडकखण्ड निर्माण शुरु गरी अलपत्र छाडेर निर्माण ठेकेदार बेपत्ता भएपछि सरोकारवालाले निर्माण सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेस झापा क्षेत्र नं ३ का सभापति गणेश पोखरेलको नेतृत्वमा नेपाली काँग्रेस झापाका पूर्व जिल्ला सदस्य देवेन्द्र गौतम, विभूति विद्यामन्दिर, चन्द्रगढीका प्राचार्य गोविन्द लम्सालको टोलीले जिल्ला प्रशासनमार्फत सडक विभ...
पन्ध्र वर्षपछि प्रहरी फन्दामा भीमबहादुर : जसले टर्च नदिएको निहुमा सन्तबहादुरको हत्या गरेका थिए

पन्ध्र वर्षपछि प्रहरी फन्दामा भीमबहादुर : जसले टर्च नदिएको निहुमा सन्तबहादुरको हत्या गरेका थिए

बनियानी, झापा। भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जानकारी दिए । ...
प्रहरीकै मिलेमतोमा सुन तस्करी, शौचालयबाट सुन पास गराउन खोज्दा सई फन्दामा

प्रहरीकै मिलेमतोमा सुन तस्करी, शौचालयबाट सुन पास गराउन खोज्दा सई फन्दामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर विमानस्थलमै कार्यरत थिए । मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३...
२०७४ साउन १७ गते मंगलबारको राशिफल

२०७४ साउन १७ गते मंगलबारको राशिफल

मेष– राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । वृष– बोलीकै भरमा काम सम्पादन गर्ने समय छ।प्रेम र मित्रताको गाँठो कसिन सक्छ। मिथुन– काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। कर्कट– हिम्मतले काम लिने समय छ। पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ। सिंह– श्रमको उचित मूल्यांक...
धनकुटा अस्पतालमा शुलभ फार्मेसी, १० प्रतिसत छुटमा औषधी बिक्रि गरिने

धनकुटा अस्पतालमा शुलभ फार्मेसी, १० प्रतिसत छुटमा औषधी बिक्रि गरिने

धनकुटा, १६ साउन । जिल्ला अस्पताल धनकुटाले शुलभ फार्मेसी सञ्चालन गरेको छ । सोमबार कार्यक्रमको आयोजना गरी फार्मेसी उद्घाटन गरिएको हो । कार्यक्रममा पूूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक डा.बिष्णु बहादुर बस्नेतले रिवन काटेर फार्मेसीको उद्घाटन गरेका हुन । सरकारले उपलब्ध गराउँदै आएको ७० प्रकारका निःशुल्क बाहेकका औषधी बिरामीलाई शुलभ मुल्यमा उपलब्ध गराउँनका लागि फार्मेसी सञ्चालन गरिएको हो । सबै प्रका...
पार्टीको निर्णयअनुसार परिचालित हुन काँग्रेस नेता केसीको निर्देशन

पार्टीको निर्णयअनुसार परिचालित हुन काँग्रेस नेता केसीको निर्देशन

चितवन। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चितवनको भरतपुर महानगरपालिका वडा नं १९को चुनावी प्रक्रियामा पार्टीको निर्णयअनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । चितवनको भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवन शाखले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीको निर्णयअनुसार कार्यकर्तालाई परिचालित हुन भनेका हुन् । नेता केसीले लोकतान्त्रिक पार्टीमा केही मतभेदहर...
सौगात भन्छन्-‘निखिलसँग काम गर्दा मनमा डर थिएन’

सौगात भन्छन्-‘निखिलसँग काम गर्दा मनमा डर थिएन’

साउन २७ गते दुई स्टार एकसाथ पर्दामा आउँदैछन् । नायक निखिल उप्रेती र सौगात मल्ललाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना चलचित्र ‘संरक्षण’ले पुरा गर्दैछ । निखिल सिंगल थिएटरका लागि सफल मानिन्छन् भने सौगातलाई मल्टिप्लेक्समा पुग्ने दर्शकले बढी रुचाएका छन् । नायक सौगात मल्ल यो चलचित्रमा ‘डीएसपी थारु’को भूमिकामा देखिएका छन् । मधेसको समस्यालाई मुख्य रुपमा उठान गरेको यो चलचित्रमा मलिना जोशी, अशिष्मा नकर्म...
कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु

सोल। गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वीस्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण त्यहाँ कार्यरत २३ बर्षिय नेपाली युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै फेरी अर्का नेपाली युवाको ज्यान गएको छ । धादिङका २५ बर्षीय माङ तामाङको उपचारको क्रममा छनानको एक अस्पतालमा मृत्यु भएको केरियाबाट रातोपाटी सम्वाददाताले जनाएका छन् । तामाङ १५ महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिय...
प्रहरीको हत्या गरेकोआरोपमा महिला पक्राउ

प्रहरीको हत्या गरेकोआरोपमा महिला पक्राउ

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन् । बलियो घर कार्यक्रमअन्तर...
प्रसारण लाइनको निर्माणमा अवरोध

प्रसारण लाइनको निर्माणमा अवरोध

बाबियाचौर।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा अवरोध गरेका हुन् । आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्कालल...
ठेकेदारको लापरवाही : दुई महिना नपुग्दै इलाममा पुल भत्कियो

ठेकेदारको लापरवाही : दुई महिना नपुग्दै इलाममा पुल भत्कियो

इलाम। इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो । वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । स्थानीयबासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चाँजुमा बल्लतल्ल बनेको पुल...
‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि भारतीय सिमेन्टको पैठारी रोकियो

‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि भारतीय सिमेन्टको पैठारी रोकियो

धनगढी । प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ । सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ । नेपाल गुणस्तर कार्यालयले सिमेन्टको गुणस्तर...
लहानमा आगलागी हुँदा दुई लाखको क्षति

लहानमा आगलागी हुँदा दुई लाखको क्षति

लहान । गए राति सिरहाको लहान नगरपालिका–९ मा आगलागी हुँदा करिब रु दुई लाख मुल्य बराबरको क्षति भएको छ । राति १० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीयवासी विनोद चौधरीका फुसको घर तथा घरमा भएको सम्पूर्ण सर–सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।रासस
हत्यामा संलग्न प्रहरी हबल्दार कमललाई सर्वस्वसहित जन्मकैद

हत्यामा संलग्न प्रहरी हबल्दार कमललाई सर्वस्वसहित जन्मकैद

जाजरकोट । भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए तापनि कर्तव्य ज्यानमा सर्वस्वसह...
मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

पर्वत । मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी  दिए । पुरा...
आयल निगमको अर्को झुट: निजी जग्गा किन्ने टेन्डर खोलेर सार्वजनिक जग्गाको खोजी

आयल निगमको अर्को झुट: निजी जग्गा किन्ने टेन्डर खोलेर सार्वजनिक जग्गाको खोजी

काठमाडौं, १६ साउन। नेपाल आयल निगमले ९० दिनसम्म पुग्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्न सरकारी जग्गा खरिदको पहल नै नगरी निजी जग्गा किनेको खुलेको छ । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समिति र विभागीय आपूर्ति मन्त्रालयले सरकारी जग्गामा भण्डारण गृह निर्माण गर्न निर्देशन दिएका थिए । निगमले भने सरकारी जग्गा यथेष्ट नभेटिएको र खरिद प्रक्रिया झन्झटिलो भएको कारण देखाउँदै निजी जग्गा खोजेर ...
२०७४ साउन १६ गते सोमबारको राशिफल

२०७४ साउन १६ गते सोमबारको राशिफल

मेष– घरजग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। वृष– नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। मिथुन– व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ। कर्कट–  प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ। उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्...
धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ छनौट

धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ छनौट

धनकुटा, १५ साउन । धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ जना छनौट भएका छन । धनकुटा स्थित टिन्स क्रियू डान्स सेन्टरमा शनिवार भएको पहिलो छनौट चरण पार गर्दै नृत्य, गायन र अभिनय बिधाका ८७ जना दोस्रो चरणमा प्रवेश गरेका हुन । अडिसनमा गायन, नृत्य र अभियान गरी तीन बिधामा १ सय १३ जना सहभागि भएका थिए । जसमध्ये ७२ जनालाई प्रस्तुतिकै क्रममा निर्णायकले छनौट गरेका थिए । ‘डेन्जर जोन’ मा परेका २० जना...
पहिरोका कारण  पूरै गाउँ विस्थापित हुने अवस्थामा

पहिरोका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा

बैतडी । दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा पहिरोका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ । लगातारको वर्षाका कारण सो ठाउँका करिब १५० परिवार पहिराको जोखिममा रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । विसं २०१८ देखि शुरु भएको पहिराले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिराले खेत बगाउने क्रम जारी रहेको छ । यस वर्ष वर्षात् शुरु भएसँगै स्...
छाडा सुँगुर नियन्त्रणमा आउँदै

छाडा सुँगुर नियन्त्रणमा आउँदै

राजविराज । राजविराज नगरपालिकाले छाडा सुँगुर नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । नगरवासीको व्यापक गुनासो र गत वैशाख २५ गते ‘छाडा सुँगुरको आतंक’सम्बन्धी समाचार आएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र युथ नेपाल सप्तरीलगायत विभिन्न सरोकार भएका निकायबीचको छलफलपछि नगरपालिकाका निमित्त कार्यकारी अधिकृत उमेरकुमार यादवको लिखित निर्देशनमा कार्यालयका सरसफाइ तथा ज्यालादारी कर्मचारी सुँगुर ...
संविधान निर्माण ऐतिहासिक उपलब्धि : नेता केसी

संविधान निर्माण ऐतिहासिक उपलब्धि : नेता केसी

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि रहेको र अब यसलाई पूर्णता दिनका लागि सबैलाई एकजुट हुनुपर्ने बताए । नेपाल प्रेस युनियनद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई प्रारम्भका रुपमा लिनुपर्ने धारणा राखे। असन्तुष्टिलाई सम्बोधन गर्ने कार्यमा काँग्...
प्रभावकारी बन्दै बहुभाषामा शिक्षण

प्रभावकारी बन्दै बहुभाषामा शिक्षण

रुकुम।यहाँका पूर्वी क्षेत्रमा रहेका विद्यालयमा बहुभाषामा पढाइ शुरु हुनथालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नेपाली भाषामा मात्र पढाइ हुने विद्यालयमा स्थानीय मगर खाम भाषामा पनि किताब तयार भएर पढाइ शुरु भएपछि विद्यार्थीको आकर्षण बढेको शिक्षकको भनाइ छ । तीन वर्षदेखि भुमे गाउँपालिकाको काँक्रीमा रहेका आठवटा विद्यालयमा बहुभाषामा पढाउन आठ जना शिक्षक तोकिएको छ भने करिब छ सय छात्रछात्राले सो भाषामा अध्यय...
जासूसी गर्दथे यी २० एप्स, गूगलले गर्यो डिलिट

जासूसी गर्दथे यी २० एप्स, गूगलले गर्यो डिलिट

एजेन्सी। गुगलले प्ले स्टोरबाट यस्ता २० एप्सलाई हटाएको छ जसले प्रयोगकर्ताको जासूसी गरिरहेका थिए । यी एप्स प्रयोगकर्ताको इ–मेल, टेक्स्ट, भोइस कल, स्थान र अन्य कुरामाथि निगरानी राख्थे । यो सयभन्दा बढि फोनमा इन्स्टल गरिएका थिए । यी एप्समा लिपिज्जां नामको एक स्पाइवेयर रहेको थियो जसको मद्दतले यो पुरानो एन्ड्रोइड भर्सन भएको ह्यान्डसेटमा सिक्योरिटी प्रोेटक्शनलाई बाइपास गरेर संवेदनशील यूजर डाटा जम्मा गरिर...
रियललाई पराजित गर्दै बार्सिलोनालाई इन्टरनेसनल च्याम्पियन्स कपको उपाधि

रियललाई पराजित गर्दै बार्सिलोनालाई इन्टरनेसनल च्याम्पियन्स कपको उपाधि

मियामी।सिजनको पहिलो एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गर्दै प्रिसिजन खेलाइने इन्टरनेसनल च्याम्पियन्स कपको उपाधिमाथि कब्जा जमाएको छ । आइतबार बिहान भएको रोमाञ्चक खेलमा बार्सिलोना ३–२ गोलअन्तरले विजयी भएको हो । हर्ड रक स्टेडियममा भएको खेलमा खेलको सात मिनेटभित्रनै रियल २–० गोलले पछि परेको थियो । लियोनेल मेस्सी र इभान र्याकिटचले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त...
फेवातालको दलदले हिलोमा जिप खस्दा एकको मृत्यु, पाँच घाइते

फेवातालको दलदले हिलोमा जिप खस्दा एकको मृत्यु, पाँच घाइते

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम...
बेल्टार क्षेत्रमा भाइरलको प्रकोप बढ्यो : अस्पतालमा विरामीको चाप

बेल्टार क्षेत्रमा भाइरलको प्रकोप बढ्यो : अस्पतालमा विरामीको चाप

उदयपुर।  उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ । बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन् । बेल्टार बजार क्षेत्रलगायत रानीबास, बसाहा, हँडिया, चौदण्डी, सिद्धिपुर क्षेत्रबाट अहिले भाइरलबाट प्रभावित बिरामी दैनिक उपचारका लागि आउन...
एचआइभी संक्रमितहरु सहयोग नपाएपछि पलायन हुन थाले

एचआइभी संक्रमितहरु सहयोग नपाएपछि पलायन हुन थाले

म्याग्दी।  पीडा र पश्चाताप त्याग्दै निराशालाई साहसमा बदलेर खुलेका म्याग्दीका एचआइभी संक्रमित पछिल्लो समय पलायन हुन थालेका छन् । एचआइभी संक्रमण हुनु जीवनको समाप्ति नभएर नयाँ जीवनको सुरुवात हो भन्ने सन्देश दिन खुलेका संक्रमितहरु सामाजिकरुपमा संरक्षण नपाउँदा जीविकोपार्जनमा समस्या भएपछि पलायन भएका हुन् । संक्रमितलाई संरक्षण, सहयोग तथा परामर्श दिने र एचआइभी एड्स न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम...
एउटा यस्तो विद्यालय, जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेका छैनन्

एउटा यस्तो विद्यालय, जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेका छैनन्

काठमाडौं, १५ साउन। कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन् आउँदैनन्, ठेगान हुँदैन । शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–५ यारीमा रहेको अरनिको आधारभूत विद्यालय पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन...
प्रधानमन्त्री भारत भ्रमणको तयारीमा, महाकाली सन्धिलगायत २२ वर्ष पुराना हिसाब खोजिने

प्रधानमन्त्री भारत भ्रमणको तयारीमा, महाकाली सन्धिलगायत २२ वर्ष पुराना हिसाब खोजिने

काठमाडौं, १५ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको छ । २२ वर्षअघिको भ्रमणमा भएका सम्झौताका हिसाबकिताब गर्ने तयारीमा देउवा छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति औ...
error: Content is protected !!