१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
भारत, १५ कात्तिक । भारतमा १० वर्षीया बालिकाको बलात्कारमा दुईजना पुरुष दोषी रहेको फास्ट ट्र्याक कोर्टले फैसला गरेको छ । बलात्कृत बालिकाले यही अगस्टमा छोरी जन्माएकी थिइन् । अदालतले दोषी ठहर गरेका दुवै व्यक्ति बालिकाको सहोदर काका हुन् । उनीहरूविरुद्ध बिहीबार अदालतले सजाय सुनाउने भएको छ ।
बालिकाले यही जुलाईमा पेट दुखेको गुनासो गरेपछि अभिभावकले उनलाई अस्पताल लगेका थिए । चिकित्सकहरूले उनी गर्भवती भएक...


























