बुटवलमा प्रदेश राजधानीका लागि भवन खोज्दै सरकारी टोली
रुपन्देही , १ पुस । पाँच नम्बर प्रदेशको राजधानी बुटवलमा बनाउनका लागि मन्त्रालय बस्न सक्ने सम्भावित भवनहरुको खोजी भएको छ। क्षेत्रीय प्रशासन कार्यालय पोखराका सह क्षेत्रीय प्रशासक बाबुराम गौतमको नेतृत्वको टोलीले बुटवलमा मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालय बस्नसक्ने सम्भावित भवन र क्षेत्रहरुको अध्ययन गरेको छ।
‘बुटवलमा प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पर्ने प्रशस्त कार्यालयहरु रहेका छन्,–बुटव...





















