वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा पाँच जना पक्राउ
विराटनगर । वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत युरोप, अमेरिका, कुवेत, दुबईलगायतका देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
भारतको अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत-३ का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ का २२ वर्षीय रोहित कुमार पासवान, विराटनगर-८ का २३ वर्षीय करण भनिने अमित राय, कटहर...




























