अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकाको अवस्था अझै अज्ञात
विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाटारबाट अरुण नदीमा बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ । बुधबार दिउँसो नुहाउने क्रममा नदीमा बेपत्ता भएका सोही स्थानका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अझै फेला परेका छैनन् ।
उनीहरू कक्षा ८ मा पढ्दै थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर अमर राईका अनुसार बुधबार साँझदेखि नै उनीहरूको खोजी थालिएको थियो ।
‘अ...






























