
विराटनगर । मोरङको रंगेली नगरपालिकाले पालिकाभित्रका सबै सामुदायिक तथा धार्मिक विद्यालयहरूको अनुगमन सुरु गरेको छ । नगरपालिकाले शैक्षिक सुधारका लागि विद्यालयहरूको समग्र अवस्था अनुगमन गरेको हो ।
विद्यालयहरू भएका समस्या पहिल्याउन शिक्षा सेवा अन्तर्गत आठौँ तहका पूर्व अधिकृत बलराम पराजुली र अवकाश प्राप्त माध्यमिक शिक्षक नारदप्रसाद लुइँटेललाई नगरपालिकाले जिम्मेवारी दिएको छ ।
अहिलेसम्म २१ वटा विद्यालयको अनुगमन भइसकेको लुइँटेलले जानकारी दिए । नगरपालिकाले शिक्षा क्षेत्रको विकासको लागि निकै महत्व दिएकाले अनुगमनबाट प्राप्त तथ्य जस्ताको त्यस्तै पेश गर्ने अनुगमन टोलीका संयोजक पराजुलीले बताए ।

संगालोखबर 













