
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको छ । अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको जनाइएको छ । विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् ।

संगालोखबर 













