मान्छे खाने बाघ नियन्त्रण गर्न खटियो प्राविधिक टोली

मान्छे खाने बाघ नियन्त्रण गर्न खटियो प्राविधिक टोली

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । उनका अनुसार उक्त टोलीमा तीनजना प्राविधिक कर्मचारी छन् । बाघलाई नियन्त्रण गर्नका लागि टोली राप्तीसोनारी गाउँपालिकाको फत्ते...
भारतबाट घर फर्कनेको लर्को, खुला सीमाले कोरोनाको जोखिम उच्च

भारतबाट घर फर्कनेको लर्को, खुला सीमाले कोरोनाको जोखिम उच्च

महोत्तरी । रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ । दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदै...
२०७८ पुष २७ गते मंगलवारको राशिफल

२०७८ पुष २७ गते मंगलवारको राशिफल

ई.सं. २०२२ जनवरी ११ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल नवमी तिथी, चन्द्रमा मेष राशिमा, आश्विनी नक्षत्र, सिद्ध योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल...
काठमाडौंको बिजय चौकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको बिजय चौकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित बिजय चौकमा सोमबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र महिला बालबालिका उत्थान तथा वातावरण केन्द्रको सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो । बिजय चौकस्थित सेभेन स्टार पोईन्ट होटलमा भएको शिविरमा ८५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९८ जनाको भिडियो एक्सरे, १९७ जनाक...
एमाले भोजपुरको अध्यक्षमा शरणकुमार राई

एमाले भोजपुरको अध्यक्षमा शरणकुमार राई

भोजपुर । नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको सर्वसम्मत नेतृत्व चयन भएको छ । एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई, उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत चयन भएका छन् । एमालेको आठौं जिल्ला अधिवेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो । जिल्ला अध्यक्षमा शरणकुमार राई र मक्कर खड्काको दाबेदारी रह...
ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–१० बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१० का ३२ बर्षीय बिक्रम प्रसाईं र मेचीनगर–९ का ४४ बर्षीय संजय खड्का छन् । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले बिक्रमको घरबाट दुबै जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र १९ हजार ५ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जना...
अबको चुनावमा कांग्रेसले बहुमत ल्याउँछ: महामन्त्री शर्मा

अबको चुनावमा कांग्रेसले बहुमत ल्याउँछ: महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन्। कांग्रेस झापाले आइतबार बिर्तामोडमा गरेको कार्यक्रममा शर्माले अबको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसबाट नै प्रधानमन्त्री हुने बताएका थिए। शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताए। ‘एउटा निर्व...
तीन वर्षमा ५६ अर्ब ७६ करोड राजस्व छली

तीन वर्षमा ५६ अर्ब ७६ करोड राजस्व छली

काठमाडौं । राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा २६ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा पनि गैर बैङ्किङ प्रणालीबाट कारोबार भएको छ । विभागले उक्त घटनामा ५५८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब ८३ करोड रुपैयाँ राजस्व छली तथा चार अर्ब ६१ करोड रुपैय...
पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ । नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर उठाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ । सरकारले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, मूल्य स्थिरीकरण कोष कर, वातावरण प्रदूषण शुल्क र ...
२०७८ पुष २६ गते सोमवारको राशिफल

२०७८ पुष २६ गते सोमवारको राशिफल

ई.सं. २०२२ जनवरी १० नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल अष्टमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल अष्टमी तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शिव योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि...
अब सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुँन नपाइने

अब सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुँन नपाइने

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन रोक लगाएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले भीडभाड जन्य गतिविधिमा रोक लगाउँने निर्णय गरेको हो । बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु गर्न प्रतिवन्ध लगाउँने निर्णय गरेको छ । अत्या...
कोरोना प्रभाव: देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

कोरोना प्रभाव: देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो केही दिन यता पुनः कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबार बसेको बैठकले देशभरका आधारभूत र माध्यमिक विद्यालयलाई दिउँदे विदा दिएर विदा गर्न आग्रह गरेको छ । सीसीएमसीको बैठकले बालबालिकाहरुलाई विद्यालय नपठाउँन अभिभावकहरुलाई ...
ललितपुरको टिकाथलीमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

ललितपुरको टिकाथलीमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीमा आइतबार निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, उदय विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी नगरपालिका वडा नंम्बर ७ को सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९४ जनाको रक्त परीक्षण, १७७ जनाको भिडियो एक्...
२०७८ पुष २५ गते आइतवारको राशिफल

२०७८ पुष २५ गते आइतवारको राशिफल

ई.सं. २०२२ जनवरी ९ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल सप्तमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल सप्तमी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, परिधि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउँ खाएर राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ...
एमाले धनकुटाको अध्यक्षमा ईन्द्रमणी पराजुली निर्वाचित

एमाले धनकुटाको अध्यक्षमा ईन्द्रमणी पराजुली निर्वाचित

धनकुटा । नेकपा एमाले धनकुटाको अध्यक्षमा ईन्द्रमणी पराजुली निर्वाचित भएका छन् । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा जारी एमालेको ७ औं जिल्ला अधिवेशनबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्ष बनेका हुन् । अधिवेशनबाट उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई तथा उप–सचिवमा शिव आङ्ला र सुस्मा राई चयन भएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।
एमाले धनकुटाको अधिवेशन : अध्यक्षका दावेदार राई पछि हटे, सर्वसम्मत नेतृत्व घोषणा हुँदै

एमाले धनकुटाको अधिवेशन : अध्यक्षका दावेदार राई पछि हटे, सर्वसम्मत नेतृत्व घोषणा हुँदै

धनकुटा । नेकपा एमाले धनकुटाको जारी ७ औं जिल्ला अधिवेशनमा अध्यक्षको दाबी गर्दै आएका नेता निरन राई अन्ततः पछि हटेका छन् । नेतृत्वले सर्वसम्मत अधिवेशन टुंङ्ग्याउन दवाब दिएपछि राई अध्यक्षको दाबीबाट पछि हटेका हुन् । राईलाई पार्टी नेतृत्वले सचिव पदमा बस्न दवाब दिइरहेको छ । तर, उनले आफू सचिवमा नबस्ने प्रतिकृया दिए । आफूले अन्तिम समयसम्म पनि अध्यक्षको दाबी नछोडेको भएपनि नेतृत्व र पदाधिकारीको भावना विपर...
एमाले धनकुटाको अधिवेशनमा सम्पर्क मञ्चले दियो ८५० थान झोला

एमाले धनकुटाको अधिवेशनमा सम्पर्क मञ्चले दियो ८५० थान झोला

धनकुटा । नेकपा एमाले धनकुटाको ७ औं जिल्ला अधिवेशनमा एमालेको भातृ संगठन धनकुटा–काठमाडौं सम्पर्क मञ्चले ८ सय ५० थान झोला प्रदान गरेको छ । अधिवेशनमा सहभागि प्रतिनिधिहरुका लागि मञ्चले हाते झोला प्रदान गरेको हो । मञ्चका अध्यक्ष तिलक कार्कीले एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईलाई अधिवेशन स्थलमा झोला हस्तान्तरण गरेका छन् । पार्टीको जिल्ला अधिवेशनलाई सहयोग पुर्याउँने उद्धेश्यल...
विराटनगरबाट लागुऔषधसहित एक युवा पक्राउ

विराटनगरबाट लागुऔषधसहित एक युवा पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषधसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–७ का २० बर्षीय संग्राम राई छन् । लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध नाईट्राभेट १२० चक्की फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईको विषयमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्...
पाँचथरमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

पाँचथरमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फालेलुङ गाउँपालिका–७ फर्तिमा टोलका ३५ बर्षीय राज कुमार तामाङ छन् । शुक्रबार साँझ ५ बजे तामाङ आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेका थिए । लडेर घाईते भएका तामाङलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
२०७८ पुष २४ गते शनिवारको राशिफल

२०७८ पुष २४ गते शनिवारको राशिफल

ई.सं. २०२२ जनवरी ८ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल षष्ठी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल षष्ठी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ ...
एमाले धनकुटाको अधिवेशन: सर्वसम्मत नेतृत्व चुन्न जोडबल, को बन्ला अध्यक्ष ?

एमाले धनकुटाको अधिवेशन: सर्वसम्मत नेतृत्व चुन्न जोडबल, को बन्ला अध्यक्ष ?

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाको ७ औं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा अधिवेशन आयोजना गरिएको हो । नेकपा एमालेका नव निर्वाचित केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले दिप प्रज्वलन गरेर अधिवेशन उद्घाटन गरेका छन् । अधिवेशन उद्घाटन गर्दै केन्द्रिय सदस्य राईले अब धनकुटामा एमालेले पाँच दलिय गठबन्धनलाई बढारेर समाप्त पार्ने द...
दोलखाको चरिकोटमा केएमसीको दुई दिने स्वास्थ्य शिविर, १८ सय बिरामीको निःशुल्क उपचार

दोलखाको चरिकोटमा केएमसीको दुई दिने स्वास्थ्य शिविर, १८ सय बिरामीको निःशुल्क उपचार

दोलखा । दोलखाको चरिकोटमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १८ सय भन्दा बढी बिरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकको सहकार्यमा दुई दिने शिविर संचालन गरिएको हो । चरिकोट स्वास्थ्य चौकी र वडा कार्यालयमा विहिबार र शुक्रबार संचालन भएको शिविरमा एक हजार ८ सय ७६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गर...
धरानबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

धरानबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१४ पिण्डेश्वरिचौकबाट प्रतिबन्धित औषधीसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २१ बर्षीय पारुहाङ राई छन् । दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट धरानबाट खटिएको टोलीले घरबाटै उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल –५८९० ट्याव्लेट र इस्पास्पेन– ५५९० ट्याव्लेट फेला परेको छ । पक्राउ...
सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृह मन्त्रालयको सर्कुलर

सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृह मन्त्रालयको सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिएका छन् । गृह मन्त्रालयमा आज नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको उद्घाटन समारोहमा उनले उक्त कुराको जानकारी दिएका हुन् । उनले गृह मन्त्रालय ...
संखुवासभाबाट वेवारिसे अवस्थामा अवैध औषधी र क्लिप बरामद

संखुवासभाबाट वेवारिसे अवस्थामा अवैध औषधी र क्लिप बरामद

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका–१ बसपार्कस्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले करिव ३ लाख ६३ हजार २ सय ५० रुपैंया मूल्य बराबरको अवैध औषधी तथा क्लिप बरामद गरेको हो । अवैध रुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा, कृषि बालीमा प्रयोग हुने ...
इटहरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इटहरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा संखुवासभाको खाँदवारी नगरपालिका–७ का २६ बर्षीय सन्तोष राई र २० बर्षीय अभि राई छन् । बिहिवार साँझ ७ बजे धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८१९६ नम्बरको बसले बिपरीत दिशा तर्फ जाँदै गरेको को.२७ प २१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चाल...
प्रदेश २ मा धान उत्पादन घट्यो

प्रदेश २ मा धान उत्पादन घट्यो

धनुषा । प्रदेश नं २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो । प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८०६ मेट्रिक टन धान उत्पादन भएको प्रदेश नं २ भूमि व्यवस्था, कृषि तथा...
कोशी कटान पीडितका दुःख, तीन पुस्ता बित्याे मुआब्जा पाएनन्

कोशी कटान पीडितका दुःख, तीन पुस्ता बित्याे मुआब्जा पाएनन्

राजविराज । तीन पुस्तासम्म पनि मुआब्जा नपाएका कोशी पीडितले भारत सरकारसँग भएको कोशी सम्झौता अनुसारको मुआब्जा र क्षतिपूर्तिका लागि पहल गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले यस्तो माग गरेका हुन् । कोशी पीडितहरुको एक टोली काठमाडौं पुगि बिहीबार नै प्रधानमन्त्रीको कार्यालयमा समेत एक ९ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको पत्रकार सम्मेलनमा जानकारी...
२०७८ पुष २३ गते शुक्रवारको राशिफल

२०७८ पुष २३ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ जनवरी ७ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल पञ्चमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल पञ्चमी तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेप...
दोलखाको चरिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन एक हजार बिरामीको उपचार

दोलखाको चरिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन एक हजार बिरामीको उपचार

दोलखा । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकसँग सहकार्य गरेर दुई दिने शिविर संचालन गरेको हो । शिविरको पहिलो दिन बिहिबार एक हजार १३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २२७ जनाको रक्त परीक्षण, २१७ जनाको भिडियो एक्सरे, र १९२ जनाको मुटुको जाँच (इसीजी) गरिएक...
चिसोले कठ्याङ्ग्रिएर वृद्धाको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर वृद्धाको मृत्यु

जनकपुर । विगत केही दिनयता बढेको अत्याधिक चिसो र शीतलहरका कारण सिराहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले बताए । यसअघि गत मङ्गलबार चिसोक...
error: Content is protected !!