संगालोखबर सम्बाददाता

दोलखा । दोलखाको चरिकोटमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १८ सय भन्दा बढी बिरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकको सहकार्यमा दुई दिने शिविर संचालन गरिएको हो ।

Advertisement

चरिकोट स्वास्थ्य चौकी र वडा कार्यालयमा विहिबार र शुक्रबार संचालन भएको शिविरमा एक हजार ८ सय ७६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा ४२५ जनाको रक्त परीक्षण, ३३८ जनाको भिडियो एक्सरे र २८९ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ९९ जनाको दाँत खोलिएको छ ।

शिविरको पहिलो दिन एक हजार १३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा उपचार सम्भव नभएका ९३ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!