संगालोखबर सम्बाददाता

दोलखा । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकसँग सहकार्य गरेर दुई दिने शिविर संचालन गरेको हो ।

Advertisement

शिविरको पहिलो दिन बिहिबार एक हजार १३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २२७ जनाको रक्त परीक्षण, २१७ जनाको भिडियो एक्सरे, र १९२ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार ७२ जनाको दाँत खोलिएको छ ।

केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा उपचार सम्भव नभएका ६४ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

मंगलबार केएमसीले काभ्रेको चौकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेर १ हजार एक सय ६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । यसअघि पनि बिभिन्न जिल्लामा केएमसीले निःशुल्क शिविर संचालन गरेर बिरामीको उपचार गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!