कोशीमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी
विराटनगर । कोशी प्रदेशमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । हिजो विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित आठ पदका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
ओखलढुङ्गामा हुने जिल्ला समन्वय समितिको प्रमुखमा भने नेपाली काँग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अन्य उम्मेदवारी नपरेपछि भट्टराई निर्विरोध भएका हुन् । निर्वाचित भएको औपचारिक घोषणा भन...































