मोरङ अदालत : मुद्दा फछर्यौटमा सुधार, एक वर्षमा ६ प्रतिशत वृद्धि
विराटनगर । मोरङ जिल्ला अदालतले वर्षेनी मुद्दा फछर्यौट दर बढाउँदै लगेको छ । जिल्ला अदालत मोरङले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को न्याय सम्पादनको वार्षिक प्रगति विवरण अनुसार यस्तो पाइएको हो ।
अदालतले आर्थिक वर्ष २०८१/०८२ मा ६९.८१ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ । यो आर्थिक वर्ष २०८०/८१ को तुलनामा करिब ६ प्रतिशत बढी हो । अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २...






























