मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
विराटनगर । मोरङको बेलबारी नगरपालिका-९ बाँसबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।
आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला आज बिहानका राति करिब ३ बजे हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो ।
उनको उपचारका क्रम...




























