अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकाको अवस्था अझै अज्ञात

अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकाको अवस्था अझै अज्ञात

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाटारबाट अरुण नदीमा बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ । बुधबार दिउँसो नुहाउने क्रममा नदीमा बेपत्ता भएका सोही स्थानका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अझै फेला परेका छैनन् । उनीहरू कक्षा ८ मा पढ्दै थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर अमर राईका अनुसार बुधबार साँझदेखि नै उनीहरूको खोजी थालिएको थियो । ‘अ...
धमाधम हुँदैछ पाख्रीबास-फलाटे सडकखण्डको स्तरोन्नति 

धमाधम हुँदैछ पाख्रीबास-फलाटे सडकखण्डको स्तरोन्नति 

धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट फलाटे जोड्ने सडकको स्तरोन्नतिले तिव्रता पाएको छ । बजेट अभावका कारण तोकिएको समयमा सम्पन्न नभएको सडकको कामले पछिल्लो समय गति लिएको हो । साढे ६ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने जिम्मा वर्ल्डवाइड कन्सल्टेन्सी प्रालि काठमाडौंले पाएको छ । सङ्घीय सरकारको १९ करोड रुपैयाँ लागतमा सडक स्तरोन्नतिको काम अघि बढेको हो । २०७९ माघमा ठेक्का लागेको सडक निर्माणको काम...
इटहरीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा खोटाङका राईको मृत्यु

इटहरीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा खोटाङका राईको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-७ मा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ का ३५ वर्षीय देवान राई छन् । प्रहरीका अनुसार उनी इटहरीमा डेरा गरेर बस्दै आएका थिए । उनले बुधबार राति आफू बस्दै आएको घरबाट करिब ५० मिटर टाढा रहेको खेतमा करेन्ट लगाएर माछा मार्न खोजेका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट ला...
भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता

भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता

विराटनगर । भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन् । बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई बेपत्ता भएका हुन् । प्रहरीका अनुसार उनीहरू हतुवागढी-९ मचुवाटारका हुन् । उनीहरू कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् । उनीहरू साँझ सम्म पनि घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक अनिल साहको कमान्डमा खट...
सुनसरीबाट ३४ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट ३४ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । बुधबार साँझ बराहक्षेत्र नगरपालिका-८ तिनकुनेबाट को ३७ प १२५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरू लाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका-८ का २२ वर्षीय धिरज राई र पछाडि सवार बेलका-७ का ३१ वर्षीय लोकेन्द्र राई छन् । उनीहरूलाई चतराबाट प्रकाशपुरतर्फ जाँदै गर्दा पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ...
विराटनगरको हुलाकी सडकमा सुरु भयो वृक्षरोपण अभियान

विराटनगरको हुलाकी सडकमा सुरु भयो वृक्षरोपण अभियान

विराटनगर । विराटनगर-४ र ५ को सिमानामा पर्ने हुलाकी सडकमा वृक्षरोपण अभियान सुरु गरिएको छ । ‘गो ग्रीन विराटनगर’ अभियान अन्तरगत सोही स्थानका युवा तथा अभियन्ताहरूले वृक्षरोपण अभियान सुरु गरेका हुन् । करिब तीन किलोमिटर सडक लामो समय निर्माण नहुँदा आजित भएका स्थानीयले सडक निर्माण भएसँगै सडक डिभाइडर र सडकको दुबै क्षेत्रमा बिरुवा रोप्ने अभियान सुरु गरिएको स्थानीय सुशील खड्काले जानकारी दिए । उक्त स्थानम...
चौबिसे गाउँपालिकाको बजेट ४८ करोड, पर्यटन विकासलाई प्राथमिकता

चौबिसे गाउँपालिकाको बजेट ४८ करोड, पर्यटन विकासलाई प्राथमिकता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको मङ्गलबार सम्पन्न १७ औं अधिवेशनमा ४८ करोड ८४ लाख ४३ हजार बराबरको बजेट प्रस्तुत गरिएको हो । चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष टंकमायाँ पाङ्मी मगरले बजेट प्रस्तुत गरेकी हुन् । कुल बजेटमध्ये चालु खर्चतर्फ ६३ दशमलव ८० प्रतिशत र ...
मौद्रिक नीतिमा सम्बोधन गर्न मोरङ उद्योग व्यापार संघको १० बुँदे सुझाव

मौद्रिक नीतिमा सम्बोधन गर्न मोरङ उद्योग व्यापार संघको १० बुँदे सुझाव

विराटनगर । मोरङ उद्योग व्यापार संघले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा विभिन्न पक्षलाई सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्र बैंक समक्ष सुझाव प्रस्तुत गरेको छ । आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष अनुपम राठीले १० बुँदे सुझाव प्रस्तुत गरेका हुन् । मौद्रिक नीतिले मुलुकको वित्तीय स्थायित्व कायम गर्नुका साथै उद्योग, व्यापार तथा समग्र आर्थिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुऱ्याउँदै आएको भन्द...
यस्तो छ मोरङका पालिकाहरूको बजेट 

यस्तो छ मोरङका पालिकाहरूको बजेट 

विराटनगर । मोरङका १७ पालिकामध्ये केही बाहेकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् । प्रस्तुत बजेटले स्वास्थ्य, कृषि, पूर्वाधारलगायतलाई समेटेको छ । विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख रुपैयँँको बजेट प्रस्तुत गर्दा स्वास्थ्य र शिक्षामा नगरवासीको पँहुच बढाउने, स्थानीय श्रोत साधन र सीपको अधिकतम परिचालन हुने योजना, आर्थिक विकास र गरिबी न्यूनिकरणमा सहयोग पुर्याउनेलगायतका योजनाहरूलाई प्राथ...
दुर्घटनामा पुनः भत्कियो बरगाछीको स्तम्भ

दुर्घटनामा पुनः भत्कियो बरगाछीको स्तम्भ

विराटनगर । विराटनगर-३ वरगाछीमा सडक दुर्घटना हुँदा पुनः स्तम्भ भत्किएको छ । आज बिहानको राति नेमुवाबाट रानीतर्फ जाँदै गरेको यूपी २२ पी ९५७२ नम्बरको भारतीय ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२ ख ८८८८ नम्बरको ट्याङ्कर ठोक्किँदा स्तम्भ भत्किएको हो । दुर्घटनामा ट्याङ्कर चालक बाराको अमलेखगञ्ज नगरपालिका-२२ का ३३ वर्षीय पञ्चलाल लुम्बा घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको ...
मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ दर्वेशामा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-१ का ३२ वर्षीय केदार न्यौपानेको मृत्यु भएको हो । मंगलबार दिउँसो खेत जोतेर बाटोमा निस्कदैँ गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट घाइते भएका न्यौपानेलाई उपचारका लागी रंगेली अस्प...
सुनसरीका २० वर्षीय युवाले थाइल्याण्डको बैंक म्यानेजर हुँ भन्दै ६२ लाख ठगेपछि…

सुनसरीका २० वर्षीय युवाले थाइल्याण्डको बैंक म्यानेजर हुँ भन्दै ६२ लाख ठगेपछि…

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-१ का २० वर्षीय कुशेश्वर मेहतालाई ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आफू थाइल्याण्डमा रहेको एसआईएएम कमर्सियल बैंकको म्यानेजर बताउँदै ६२ लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । मेहतालाई कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाल...
बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

सुनसरी । सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-७ का ५९ वर्षीय शुक्रबहादुर नेपाली छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ ५ बजे उनलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । धरान उपमहानगरपालिका-१७ रेल्वे लाइन आसपासमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको डी...
धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका-६ मधेसाका २३ वर्षीय ऋतिक भनिने विजयकुमार कामत र एक जना १४ वर्षीय नाबालक छन् । उनीहरूमाथि असार ५ गते धनकुटाकी एक १९ वर्षीया युवतीलाई घरमा एक्लै सुतिरहेको अवस्थामा राति १०ः३० बजेतिर जबरजस्ती करणी गरेको आरोप छ । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार युवती निदाइरहेको अवस्थामा...
मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु

विराटनगर । मोरङको विराटनगर स्थित हाटखोला कारागारमा सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार मोरङको सुनवर्षी नगरपालिका-२ का २४ वर्षीय उमेश दर्जीको मृत्यु भएको हो । उनी लागूऔषध मुद्दामा दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका थिए । कारागारका जेलर गौरव ढुंगेलका अनुसार दर्जीको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मंगलबार साँझ मृत्यु भएको हो । ज्वरो आउने र ...
धनकुटा नगरको बजेट ९७ करोड

धनकुटा नगरको बजेट ९७ करोड

धनकुटा । धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९७ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । मङ्गलबार सम्पन्न भएको १६ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि ९७ करोड ६१ लाख ७८ हजार ५ सय ३८ बराबरको बजेट प्रस्तुत गरिएको हो । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भीमा खनालले बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमा चालु खर्चतर्फ ५३ करोड ६१ लाख ५९ हजार ७ सय ४८ रु...
धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङका ५२ वर्षीय खड्गबहादुर राई छन् । प्रहरीका अनुसार असार ८ गते राति करिब ११ बजे ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप उनीमाथि छ । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार महिला सुतिरहेको अवस्थामा खड्गबहादुर घरमा प्रवेश गरेर खुकुरी देखाउँदै मुख थुनेर जबरजस्ती करणी गरेक...
बढ्यो विराटनगर महानगरको बजेट, बढेन आन्तरिक आम्दानी

बढ्यो विराटनगर महानगरको बजेट, बढेन आन्तरिक आम्दानी

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेट चालू आर्थिक वर्षको तुलनामा करिब ५० करोड बढी हो । जसमा विभिन्न श्रोतहरूलाई आयको माध्यम बनाइएको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा तीन अर्ब ५० करोड ३० लाख ८६ हजारको बजेट प्रस्तुत गरेको महानगरले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाखको बजेट सार्वजनिक गरेको छ । तर महानगरले चालू आर्थिक वर्षमा ...
धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-७ मौनाबुधुक का ३० वर्षीय भुपेन लिम्बु र चौबिसे गाउँपालिका-६ राजारानी का २५ वर्षीय हेमबहादुर बिक छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार धरानबाट राजारानीतर्फ आउँदै गरेको को ३९ प ३०३ नम्बरको मोटरसाइकलमा सवा उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको हो । उनी...
विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब ४० लाख (पूर्णपाठसहित)

विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब ४० लाख (पूर्णपाठसहित)

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज नगरसभाको १६ औैं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गरेकी हुन् । वित्तीय समानीकरण अनुदान अन्तरगत संघीय सरकारबाट ३४ करोड ३४ लाख र प्रदेश सरकारबाट ३ करोड ६२ लाख ३० हजार आय हुने अनुमान गरिएको उपप्रमुख कार्कीले उल्लेख गरिन् । यस्तै राजस्व बाँडफाँडबाट प्राप्त ...
विराटनगरमा कोरोना संक्रमितको मृत्यु

विराटनगरमा कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमण पुष्टि भएकी एक महिलाको आज विराटनगरमा मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा इलामको सूर्योदय नगरपालिका घर भएकी ४१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । झापाको विर्तासीटी अस्पतालमा उपचारका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । एक साता अघिदेखि ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी उनलाई थप उपचारका लागि आज बिहान करिब ४ बजे...
पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु 

पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु 

विराटनगर । पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु भएको छ । सोमबार साँझदेखि परेको पानीले हेवा खोलाको डाइभर्सन पार गरेपछि अवरुद्ध भएको मेची राजमार्ग पानीको सतह घटेसँगै सुचारु भएको हो । प्रहरीका अनुसार हेवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ जाँदै गरेका सवारी साधन बाटोमा नै रोकिएका थिए । अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ गइसकेको जि...
मनमोहन विश्वविद्यालयका विद्यार्थीले उत्पादन गरे चार प्रकारका औषधी 

मनमोहन विश्वविद्यालयका विद्यार्थीले उत्पादन गरे चार प्रकारका औषधी 

विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालयमा फार्मेसी अध्ययन गर्ने विद्यार्थीहरूले चार प्रकारका आयुर्वेदिक औषधी उत्पादन गरेका छन् । विश्वविद्यालयको स्कुल अफ मेडिसिनतर्फ फार्मेसी साइन्स (औषधी विज्ञान) मा  स्नातक अध्ययनरत विद्यार्थीहरूको समुहले आफ्नै प्रदेशको जडिबुटी अनुसन्धान गरेर चार प्रकारका औषधी उत्पादन गरेका हुन । भारतको पतञ्जलि आयुर्वेद प्रतिष्ठानबाट अनुसन्धानमा ...
विराटनगरमा सिटी सफारीमा छुटेको नगद सम्बन्धित धनीले पाए 

विराटनगरमा सिटी सफारीमा छुटेको नगद सम्बन्धित धनीले पाए 

विराटनगर । भारतको जोगबनीबाट विराटनगर आउनेक्रममा सिटी सफारीमा छुटेको नगदसहितको सामान फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । प्रदेश १-००२ ह ३९३० नम्बरको सीटी सफारीमा विराटनगरतर्फ आउने क्रममा नगदसहितको झोला, मोबाइल र कागजपत्र हराएको भनेर विराटनगर महानगरपालिका-५ का ८० वर्षीय ईश्वरप्रसाद उपाध्यायले प्रहरीमा निवेदन दिएका थिए । सोही आधारमा प्रहरीले सीसी क्यामेरा फुटेज अध्ययन गर्दा सफारी पत्त...
धनकुटामा पुरुष मृत फेला

धनकुटामा पुरुष मृत फेला

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-८ ढुङ्गेमा एक पुरुष मृत भेटिएका छन् । मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका-११ का ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर रहेका छन् । स्थानीय गोपिश्वरी राईको घरमा कोठा भाडा लिएर बस्दै आएका मगर आज बिहान सुतेकै अवस्थामा मृत भेटिएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । प्रहरी प्रवक्ता खनालका अनुसार मृत भेटिएका मगर भेडेटार स्थित आहाले मह...
धनकुटाको पाख्रीवासमा एकै ठाउँमा चार वटा गाडी ठोक्किँदा सडक अवरुद्ध

धनकुटाको पाख्रीवासमा एकै ठाउँमा चार वटा गाडी ठोक्किँदा सडक अवरुद्ध

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५, डिकुरेमा चार वटा गाडी ठोक्किएर सडक ढाक्दा मध्य पहाडी लोकमार्गको पाख्रीवास-लेगुवा सडक खण्ड अवरुद्ध भएको छ । एकै ठाउँमा ट्रक, दुई वटा टिपर र इभी गाडी ठोक्किँदा बिहान करिब ११ बजेदेखि अवरुद्ध भएको सडक अझै खुलेको छैन ।  भोजपुरबाट काठको लकडी बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ६६१ नम्बरको ट्रक ‘एक्सल’ भाँचिएर पछि सरेपछि पछाडि रहेका तीन वटा गाडी पनि ठ...
इलाममा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इलाममा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका-३ पाथलेडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नं. को ट्रकले विपरीत दिशाबाट गइरहेको बा ८९ प २२६६ नं. को मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार बझाङको बित्छडचिर गाउँपालिका-१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका-८ की २३...
चर्को गर्मीमा चल्ने तातो हावा लु बाट कसरी जोगिने ?

चर्को गर्मीमा चल्ने तातो हावा लु बाट कसरी जोगिने ?

विराटनगर । यो समय गर्मी बढी हुने समय हो । वैशाखदेखि भदौ अन्तिमसम्म तराईका जिल्लाहरूमा चर्को गर्मीसँगै तातो हावा चल्न सक्छ । पानी नपरेको बेला लाग्ने चर्को घाम र चल्ने तातो हावाले तराइको जनजीवन प्रभावित बनाउँछ । यस्तै पहाडी क्षेत्रमा पनि गर्मीले दैनिक जीवनयापनलाई कठिन बनाउँछ । चर्को गर्मीमा शरीरको तापमानको सन्तुलन बिग्रँदा मानिसलाई लु लाग्ने खतरा पनि हुन सक्छ । योसँगै गर्मीको समयमा विभिन्न स्वास्...
सुनसरीमा सर्पले डस्दा बालिकाको मृत्यु

सुनसरीमा सर्पले डस्दा बालिकाको मृत्यु

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-८ मा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोहमद कासिमकी १२ वर्षीया छोरी नविजन खातुनको मृत्यु भएको हो । घरको आँगनमा खेल्ने क्रममा बालिकाको दाहिने खुट्टामा सर्पले डसेको प्रहरीले जनाएको छ । तर कुन प्रजातिको सर्पले टोकेको भन्ने खुलेको छैन । प्रहरीका अनुसार बालिकालाई उपचारका लागि इनरुवा अस्पताल लगिएको उपचार सम्भव नभएपछि विराटनगरको कोशी अस्पत...
सोलुखुम्बुमा करेन्ट लागेर एक जनाको मृत्यु

सोलुखुम्बुमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदुधकुण्ड-७ भित्ताखर्कका ३५ वर्षीय रविन बस्नेत छन् । शनिबार दिउँसो सोलुदुधकुण्ड नगरपालिका-११ घुन्सा नुनथलामा विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सोलुखुम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा जिल्...
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

विराटनगर । चितवनको राप्ती नगरपालिका-४ डडुवामा बस र इभी माइक्रो बस ठोक्किँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रूपाखेती र हेटौंडा उपमहानगरपालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपानेको पहिचान खुलेको छ भने अन्य मृतकको पहिचान खुल्न बाँकी छ । धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्ब...
error: Content is protected !!