
धनकुटा । नेपाल ज्योतिष परिषद् धनकुटा अध्यक्षमा सरोज घिमिरे सर्वसम्मत चयन भएका छन् । आज जिल्ला कार्यसमिति धनकुटाको छैटौँ साधारण सभा तथा जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
परिषद्को उपाध्यक्षमा कुलप्रसाद तिम्सिना र जयबहादुर तामाङ, सचिवमा पेशल दाहाल, सहसचिवमा सौरभ पोख्रेल, कोषाध्यक्षमा सृजना अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरूमा दीपक दाहाल, सञ्जीव पोख्रेल र सुदर्शन घिमिरे चयन भए ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति तथा परिषद् कोशी प्रदेशका सचिव कमल निरौलाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
परिषद्ले ज्योतिषीय पद्धति र समाजमा देखिएका समस्याहरू समाधान गर्न आधिकारिक रूपमा इजाजत पत्र लिएर काम गर्ने नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए । उनले ज्योतिषीय सेवा आवश्यकता अनुसार समुदायमा दिलाउने उल्लेख गरे ।
यस्तै ज्योतिष परिषद् कोशी प्रदेशका सदस्य अम्बिका प्रसाद अधिकारीले धनकुटा नगरपालिका-४ अधिकारी टोलमा परिषद्को भवन बनाउन आवश्यक पर्ने तिन आना जग्गा निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

संगालोखबर 













