सुनसरीमा लामखुट्टे भगाउने धुपबाट सल्किएको आगोबाट १० घर खरानी

सुनसरीमा लामखुट्टे भगाउने धुपबाट सल्किएको आगोबाट १० घर खरानी

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-६ मा आगलागी भएको छ । बिहीबार अपरान्ह भएको आगलागीबाट १० घर ध्वस्त भएका छन् । प्रहरीका अनुसार पाँच परिवारको १० घर जल्दा अन्दाजी ६० लाख बराबरको क्षति भएको छ । झिँगा र लामखुट्टे भगाउने धुपबाट घरमा आगो सल्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाबुनन्द गोइतको घरबाट सुरु भएको आगोले रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतको घर जलेर खरानी भएको हो । ...
सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ फुटानी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा दुहबी-३ का ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको हो । प्रहरीका अनुसार फुटानी चोक-वसनपुर भित्री सडक खण्डमा को ३९ प ९१७५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा चालक माझी गम्भिर घाइते भएका थिए । उनको विराट शिक्षण अस्पताल बुढीगंगामा उपचारका क्रममा राति ११ः३० ब...
एमाले विराटनगर महानगरमा गिरीको प्यानल नै निर्वाचित

एमाले विराटनगर महानगरमा गिरीको प्यानल नै निर्वाचित

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा बलराम गिरीसहित प्यानलै विजयी भएको छ । आज बिहानको राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार १७३ मतका साथ अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार रोहित कोइरालाले १२१ मत प्राप्त गरे । उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने १४५ मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार राम पोखरेलले १३६ मत प्राप्त गरे । सचि...
चुनकुमारी मृत्यु प्रकरण : पतिकै योजनामा हत्या, ६ जना पक्राउ

चुनकुमारी मृत्यु प्रकरण : पतिकै योजनामा हत्या, ६ जना पक्राउ

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका-२ घर भएकी ३४ वर्षीया चुनकुमारी बुढाथोकीको हत्या पतिकै योजनामा भएको खुलेको छ । गत चैत २५ गते सुनसरीको धरान-६ पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी उनको हत्या कोरियामा बस्दै आएका पतिको योजनामा भएको खुलेको हो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय धराने बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । ...
मोरङको सुन्दरहरैँचामा ट्रान्सफर्मर चोरी

मोरङको सुन्दरहरैँचामा ट्रान्सफर्मर चोरी

विराटनगर । मोरङमा बिजुली गएको मौका छोपेर ट्रान्सफर्मर चोरी भएको छ । सुन्दरहरैँचा नगरपालिका-२ जोगियारेमा बुधबार राती ट्रान्सफर्मर चोरी भएको हो । बुधबार राति तीन घण्टा बढी बिजुली गएको मौका पारेर चोरको समूहले सिंगो ट्रान्सफर्मर नै चोरेर लगेका हुन् । ‘अहिले अर्को ट्रान्सफर्मर जडान गरेर विद्युत सुचारु भएको छ’, वडा नम्बर २ का वडाध्यक्ष विवश प्रधानले संगालोखबरसँग भने, ‘प्रहरीले पनि चोरी गर्ने समूहलाई...
माओवादी केन्द्र विराटनगरको दोस्रो सम्मेलन बैशाख ७ गते 

माओवादी केन्द्र विराटनगरको दोस्रो सम्मेलन बैशाख ७ गते 

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर समितिले वैशाख ७ गते दोस्रो नगर सम्मेलन गर्ने भएको छ । विराटनगर महानगर समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बैशाख ७ र ८ गते सम्मेलन हुने जानकारी दिएको हो । सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने छन् । सम्मेलनमा तीन सय ५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक र २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलको...
मोरङको रंगेलीमा गाईले हानेर घाइते वृद्धको मृत्यु

मोरङको रंगेलीमा गाईले हानेर घाइते वृद्धको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-९ दोहमनामा गाईले हानेर घाइते भएका वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार छिमेकीको गाइले हानेर अन्दाजी ९० वर्षीय रामप्रसाद शिवाकोटी घाइते भएका थिए । टाउको, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेका वृद्धको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोवेल अस्पतालमा ल्याइएको थियो । नोवेलमा पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा आज बाटोमा नै उन...
सुनसरीबाट २४ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट २४ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका-४ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका-६ का २४ वर्षीय राजेश मुखिया पक्राउ परेका हुन् । दुई वटा झोलामा राखेको २४ किलो गाँजासहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका-१६ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित सुन्दरहरैँचा-७ का २२ वर्षीय जिवस तामाङ र ३८ वर्षीय भिमकुमार तामाङ पक्राउ पर...
सोलुखुम्बुमा छोरीलाई खुकुरी हानेर बाबु फरार, उपचारका लागि काठमाडौं लगियो

सोलुखुम्बुमा छोरीलाई खुकुरी हानेर बाबु फरार, उपचारका लागि काठमाडौं लगियो

विराटनगर । सोलुखुम्बुमा बालिका छोरीलाई खुकुरी हानेर बाबु फरार भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका-९ गोपेका ३२ वर्षीय चामकुमार तामाङले आफ्नै ५ वर्षीया छोरी पवित्रालाई आज बिहान खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट बालिका गम्भीर घाइते भएकी छन् । सोलुखुम्बुमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । उनको कान, निधारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्...
पर्यटकको पर्खाइमा धनकुटाको चौबिसे

पर्यटकको पर्खाइमा धनकुटाको चौबिसे

धनकुटा । धनकुटा जिल्ला पूर्वी नेपालको मुख्य पर्यटकीय गन्तव्य मध्येमा पर्दछ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बाक्लो हुने गरेको छ । जिल्लाका विभिन्न पर्यटकीय स्थल चर्चामा रहेपनि केही स्थानका पर्यटकीय स्थल भने ओझेलमा परेका छन् । चौबिसे गाउँपालिकामा पर्यटकीय गन्तव्यको सम्भावना बोकेका थुप्रै स्थानहरू छन् । तर पर्याप्त प्रचार-प्रसारको अभावमा ओझेलमा परेका छन् । भेडेटार-रवि-रा...
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका-५ याङशिला चोकमा बुधबार दिउँसो भएको दुर्घटनामा चालक पाँचथरको फिदिम नगरपालिका-३ का २५ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आधारभूत स्वास्थ्य चौकी तापेथोकमा मृत्यु भएको हो । दुर्घटनामा फिदिम-३ का स...
उर्लाबारीबाट जबरजस्ती करणी आरोपमा एक पुरुष पक्राउ

उर्लाबारीबाट जबरजस्ती करणी आरोपमा एक पुरुष पक्राउ

विराटनगर । मोरङबाट महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका-८ राजघाटका ३७ वर्षीय मनोज धामीलाई प्रहरीले पक्राउ गरेको हो । गत चैत २८ गते राति २० वर्षीया महिलालाई उनले जबरजस्ती करणी गरेको भनेर उजुरी परेको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले धामीलाई मङ्गलबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका धामीका सम्बन्धमा थप अनुसन्धान भइरहेको ...
भेडेटारबाट धरान आउँदै गरेको अटोमा गाँजा, बाबु-छोरासहित तीन जना पक्राउ

भेडेटारबाट धरान आउँदै गरेको अटोमा गाँजा, बाबु-छोरासहित तीन जना पक्राउ

विराटनगर । सुनसरी धरान उपमहानगरपालिका-१३ बाट १९ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-४ का ४८ वर्षीय जोकबहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र अटोमा सवार धनकुटाको साँगुरीगढी-३ का ३६ वर्षीय सुरज लिम्बु रहेका छन् । प्रहरीका अनुसार जोकबहादुर अटो चालक हुन् । भेडेटारबाट धरानतर्फ आएको को २ ह ४७३९ नम्बरको अटोमा चेकचाँज गर्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ । यसैगरी विराटनग...
रोजगारी सिर्जना तथा व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्न लगानी सम्मेलन

रोजगारी सिर्जना तथा व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्न लगानी सम्मेलन

विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी बैशाख १७ र १८ गते लगानी सम्मेलन गर्न लागिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । रोजगारी सिर्जना तथा व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्नका लागि लगानी सम्मेलन गर्न लागिएको जनाइएको छ । लगानी सम्मेलनमार्फत कोशी प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न तथा सम्भावनाका नयाँ क्षेत्रहरू खोजी गरिने प्रदेश सचि...
इटहरीमा ट्याक्टरले किच्दा बालकको मृत्यु

इटहरीमा ट्याक्टरले किच्दा बालकको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१५ मा ट्याक्टरले किचेर एक बालकको  मृत्यु भएको छ । भारतको वेस्ट बंगाल घर भइ इटहरी-१५ स्थित पूजा इँटा भट्टामा काम गर्दै आएका ऐनुल मियाँका तीन वर्षीय छोरा माहिर मियाँको मृत्यु भएको हो । मंगलबार प्र १-०२-००३ त ७०२ नम्बरको ट्याक्टरले बालकलाई किचेको थियो । प्रहरीका अनुसार इँटा भट्टा बाहिर खेलिरहेका बालकलाई ट्याक्टरको पछाडिको चक्काले किचेको थियो । गम्भीर घाइत...
मोरङको बुढीगंगामा आगलागी हुँदा २१ लाख बराबरको क्षति

मोरङको बुढीगंगामा आगलागी हुँदा २१ लाख बराबरको क्षति

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ खवास टोलमा आगलागी हुँदा २१ लाख बराबरको क्षति भएको छ । आज बिहानको राति बलराम चौधरीको जस्तापाताको छानो भएको दुई तले घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । आगलागीबाट घरसहित घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय र दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न बाँकी छ ।
झापाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

झापाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

विराटनगर । झापाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलवर खान रहेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साइकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उज...
सुनसरीको देवानगञ्ज गोली काण्ड : दुई पक्राउ, तीन जना फरार

सुनसरीको देवानगञ्ज गोली काण्ड : दुई पक्राउ, तीन जना फरार

विराटनगर । सुनसरीको देवानगञ्जमा सोमबार साँझ भएको गोली काण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । देवानगञ्ज-१ का २७  वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव पक्राउ परेका हुन् । उनीहरूलाई आज दिउँसो विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोली काण्डमा संलग्न ५ जनामध्ये अझै तीन जना फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...
मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ सोमबारेमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । नेता चोकबाट झोराहाटतर्फ आउँदै गरेको को २२ प ९९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका ६० वर्षीय अनन्तराम खवासको मृत्यु भएको हो । प्रहरीका अनुसार खवास बाटो क्रस गर्दै थिए । सोही क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा चिकित्सकले मृत घो...
एमाले विराटनगरको दोस्रो अधिवेशन : अध्यक्षमा कोइराला र गिरीको दाबी

एमाले विराटनगरको दोस्रो अधिवेशन : अध्यक्षमा कोइराला र गिरीको दाबी

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमालेका प्रदेश इन्चार्ज शेरधन राईले अधिवेशनको उद्‌घाटन गर्नेछन् । बुधबारसम्म चल्ने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । अध्यक्षमा वर्तमान अध्यक्ष रोहित कोइराला र महानगर सचिव बलराम गिरीबीच प्रतिस्पर्धा हुने बताइएको छ । नेताहरूका अनुसार सर्वसम्मत नेतृत्व चयनको प्रयास हुनेछ । सर्वसम्म...
इलाममा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु

इलाममा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु

विराटनगर । इलाममा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका-६ का रोम पाठकका दुई वर्षीय छोरा ओस्कारको मृत्यु भएको हो । माई नगरपालिका-४ सुखानी स्थित बिर्तामोड-दानाबारी भित्री सडक खण्डमा मे ९ प ४५९६ नम्बरको मोटरसाइकल ओस्कारलाई सोमबार अपराह्न ४ः१० बजेतिर ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ओस्कारको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचारक...
धनकुटामा दुई जनामाथि छुरा प्रहार

धनकुटामा दुई जनामाथि छुरा प्रहार

धनकुटा । धनकुटामा नयाँ वर्षको दिन दुई जनामाथि छुरा प्रहार भएको छ । धनकुटा नगरपालिका-५ बिहिबारे हटिया नजिकै सोही स्थानका १७ वर्षीय कुशल राई र १७ वर्षीय आयुष राईमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कुशलको टाउको र ढाडमा तथा आयुषको गर्धन र बायाँ पाखुरामा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । ...
सप्तकोसी नदीबाट १८० किलो गाँजा बरामद

सप्तकोसी नदीबाट १८० किलो गाँजा बरामद

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोसी नदीबाट बेवारिसे अवस्थामा रहेको गाँजा बरामद भएको छ । आज बिहानको राति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक सय ८० किलो गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युवमाथि नदीमा तैरि रहेको अवस्थामा गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार ६ वटा प्लाष्टिकको बोरामा ...
सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

विराटनगर । सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक संखुवासभाबाट पक्राउ परेका छन् । भारतको बिहार राज्य बेगुसराइ जिल्ला नावकोठीका २८ वर्षीय विवेक कुमार र तेलनी पोष्ट समस्तीपुरका ३५ वर्षीय गंगाविष्णु साहलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठका अनुसार उनीहरू खाँदबारी नगरपालिका-९ ढुङ्गेधाराबाट पक्राउ परेका ह...
इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

विराटनगर । इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ का ३० वर्षीय पदम कुमार तामाङ इलाम नगरपालिका-७ बाट पक्राउ परेका हुन् । नेपाली सेनाको सह-सेनानी दर्ज्यानी भएको नक्कली पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर बिवाह गर्ने प्रलोभन तथा डर त्रासमा पारेर २५ वर्षीया युवतीलाई करणी गरेको आरोप उनीमाथि छ । इलाम प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार ...
भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘कृषि एम्बुलेन्स’ 

भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘कृषि एम्बुलेन्स’ 

विराटनगर । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषि उपजको सहज बजारीकरणका लागि  ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका कृषि उपजलाई सहजरूपमा बाहिरी जिल्लाका बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाले कृषिमा जोड दिएसँगै किसानले व्यावसायिक रूपमा विभिन्न नगदेबालीको खेती गरिरहेका छन् । उत्पादन भएका सम्पूर्ण कृषि उपजको सहज बजारीकरणका लागि एम्बुलेन्स ...
एक वर्षमा दुई लाख बढी तीर्थयात्री पुगे पाथीभरा

एक वर्षमा दुई लाख बढी तीर्थयात्री पुगे पाथीभरा

विराटनगर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा एक वर्षको अवधिमा दुई लाख बढी तीर्थयात्री पुगेका छन् । २०८१ सालमा दुई लाख २१ हजार छ सय दुई जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा सबैभन्दा बढी र साउनमा सबैभन्दा कम दर्शनार्थी पाथीभरा पुगेका थिए । साउनमा एक हजार नौ सय ५५ र कात्तिकमा ६१ हजार एक सय ७३ जना तीर्थयात्री पाथीभरा...
संघीयतालाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

संघीयतालाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विगतका कामहरूको समीक्षा गर्दै आगामी दिन अझ फलदायी र सुखमय बनाउने बताएका छन् । नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । संघीय संरचनाहरूलाई सबलीकरण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्न संघीयतालाई बलियो बनाउनुपर्ने उनको भनाइ छ । उनले प्रदेशवासी तथा स्वदेश तथा विदेशमा रहेका ...
मोरङले जित्यो बहिरा क्रिकेट प्रतियोगिताको उपाधि 

मोरङले जित्यो बहिरा क्रिकेट प्रतियोगिताको उपाधि 

विराटनगर ।  कोशी प्रदेश स्तरीय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदानमा आज भएको खेलमा सुनसरीलाई ७ विकेटले हराउँदै मोरङले उपाधी जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनायो । सुनसरीका निरज श्रेष्ठले २७ रन बनाउँदा रोहन खड्काले ११ रन बनाए । मोरङका मनोज रायले ३ विके...
धनकुटाको साँगुरीगढीमा महिलाको शव फेला

धनकुटाको साँगुरीगढीमा महिलाको शव फेला

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित घम्सी खोलामा एक महिलाको शव फेला परेको छ । आज दिउँसो अन्दाजी ४५ वर्षकी महिलाको शव फेला परेको हो । प्रहरीका अनुसार महिलाको पहिचान खुल्न बाँकी छ । प्रहरी चौकी त्रिवेणी धनकुटाबाट प्रहरी सहायक निरीक्षक राजेन्द्र राईको कमान्डमा खटिएको टोलीले बाटोबाट अन्दाजी ४०-५० मिटर तल शव फेला पारेको थियो । पहिचान हालसम्म खुल्न नसके पनि उनी मानसिक सन्तुलन ठिक नभएकी ...
झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु

झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर । झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार झापाको कनकाई नगरपालिका-१ का ६६ वर्षीय तारा बहादुर विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै इलामको माई नगरपालिका-८ का ४६ वर्षीय मदन कुमार राईको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग...
error: Content is protected !!