धनकुटामा फौजी कीराको प्रकोप
धनकुटा । धनकुटामा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मकैबाली लगायत हरियो सागसब्जीमा फौजी कीराको प्रकोप फैलिएपछि किसानहरू चिन्तित भएका छन् ।
अमेरिकी फौजी कीरा ६ वर्षअघि अमेरिका, अफ्रिका, भारत हुँदै नेपाल आइपुगेको हो । नेपालको तराइ र पहाड क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् ।
फौजी किराले धनकुटामा वर्षेनी मकैबाली लगायत हरियोबालीमा असर गर्दै आएको छ । किराको आक्रमणबा...































