कोशीका ९० जना माध्यमिक शिक्षकलाई इटहरीमा प्रशिक्षण
सुनसरी । कोशी प्रदेश अन्तर्गत माध्यमिक तहमा अध्यापन गराउने ९० जना अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकलाई सुनसरीको इटहरीमा प्रशिक्षण दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डको आयोजना तथा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घको सहकार्यमा प्रशिक्षण दिइएको हो ।
नतिजा प्रकाशन, विश्लेषण ग्रिडको प्रयोग, आधुनिक प्रविधिको प्रयोग, सीप व्यावहारिक ज्ञान, प्रश्नपत्र निर्माणमा गोपनीयता तथा विश्वसनीयता सम्बन...





























