विराटनगरमा दशैँको भव्य सजावट, बाँसका स्वागतद्वारले थप्यो ट्राफिक जाम
विराटनगर । विराटनगरमा दशैँको रौनक बढेको छ । मेन रोडस्थित वडा प्रहरी कार्यालय नजिकबाट ट्राफिक चोकसम्म बाँसको प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । यस्तै झिलिमिली बत्ती प्रयोग गरी सजाइएको छ । यसले साँझको समयमा रौनकता थपेको छ ।
रमणीय बजार क्षेत्रको दृष्यावलोकन गर्न स्थानीयहरू पुग्ने गरेका छन् । विगतका वर्षहरूमा पनि महानगरसँग अनुमति लिएर बजार क्षेत्रलाई सजाइने गरिएको थियो । तर यसपटक भने अनुमति बिनै स...































