अंशु गौतम र दिनेश चौधरी हत्याको अनुसन्धानमा मुख्य भूमिका खेल्ने तीन प्रहरी सर्वोत्कृष्ट घोषित
विराटनगर । मोरङको लेटाङ की अंशु गौतम र सुनसरीको रामधुनीका दिनेश कुमार चौधरीको हत्या घटनाको अनुसन्धानमा मुख्य भूमिका खेल्ने तीन प्रहरी सर्वोत्कृष्ट घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनीहरूलाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
सर्वोत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायब निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरीमा का...






























