पहिरोले संखुवासभामा तीनवटा घर बगायो
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लामा पहिरोले तीनवटा घर बगाएको छ । बुधबार रातिदेखि भएको अबिरल वर्षापछि झरेको पहिरोले तीनवटा घर बगाएको हो । घटनामा एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार पहिरोले स्थानीय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । उनको स्...






























