कोशी प्रदेशका लेखा अधिकृतहरु आन्दोलित
विराटनगर । कोशी प्रदेशका लेखा अधिकृतहरु आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले आफूहरुलाई विभेद गरेको भन्दै प्रदेश तहका लेखा अधिकृतहरु काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । आर्थिक वर्षको अन्त्यमा उनीहरु ‘पेन डाउन’ गरी आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको छ ।
ऐन संशोधन गरेर वृत्ति विकास न्यायोचित बनाउनु पर्ने मागसहित उनीहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयमा धर्ना दिइरहेका छन् । आज र भोलि...






























